रुकुम : डोरीले बाधिएको मृत अवस्थामा भेटिए अर्का बेपत्ता युवा !

रुकुम, रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोती गाउँमा युवाहरुमाथी भएको सामूहिक हत्यामा कुटपिटपछि बेपत्ताभएका भनिएका तीन जनामध्ये थप एक जनाको शव डोरीले बाधिएको अवस्थामा शसस्त्र प्रहरीले फेला पारेको

फोटो फाईल

यस अघि यो गाँउलेहरुले खेदाउदा भाग्ने क्रममा भेरी नदीमा हाम फालेर मृत्यु भएको वा घटना भएको कुटेर मारेको हैन भन्ने केहीजनप्रतिनिधिको दाबी बिपरीत यो प्रमाण फेला परेको

उनीहरु आफै हाम फालेका थिए भने फनफनि शरीरमा त्यत्रो डोरी कसरी बाधियो ? पीडित परिवारहरुले प्रश्न गरेका छन्

बेपत्ता भएका लाकेन्द्र सुनारको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले भेरी नदिमा भेटाएको प्रहरीले जनाएको

चौरजहारी नगरपालिका वडा नं कि एक युवतीसगँको प्रेम सम्वन्धको विषयलाई लिएर वडाध्यक्ष डम्वरबहादुर मल्लसहित गाउँलेकोसंलग्नतामा सामूहिक कुटपिटपछि हत्या भएको थियो

जाजरकोट जिल्ला भेरी नगरपालिका का २१ वर्षीय नवराज बिक, सोही ठाउँका १७ वर्षीय गणेश बुढामगर रुकुमको चौरजहारीनगरपालिका का २० टीकाराम सुनारको यस अघिनै भेरी नदी किनारमा शव भेटिएको थियो

जेठ १० गते भएको कुटपिटमा जनाको शव भेरी नदी किनारमा फेला परेको जाजरकोट जिल्ला भेरी नगरपालिका का १८ वर्षीयलोकन्द्र सुनार, १७ वर्षीय गोबिन्द शाही, २१ वर्षीय सन्दीप बिक बेपत्ता पारिएको थियो

लोकेन्द्र सुनारको शव डोरीले बाँधेर भेरी नदीमा बगाएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको

मृतक नवराजकी प्रेमिका चौरजहारी नगरपालिका सोतीकी १७ वर्षीय सुष्मा मल्ललाई बेहुलीका रूपमा भित्र्याउन शनिबार १९युवासहित गाउँ पुगेका बेला वडाध्यक्ष मल्लसहित सोतीका गाउँलेले आक्रमण गरेर लखेट्दा उनीहरूको मृत्यु भएको प्रहरीले प्रारम्भिकअनुसन्धानबाट खुलेको बताएको

सारा गाँउलेहरुले तीन तिरबाट घेरा हालेर कुट्दै , खेद्दै गरे पछि बाचेर आएकाहरुले भने हत्या नै गरेर फ्याकिएको दाबी गरीरहेका छन्

उनीहरूले नवराज लगायतका केहीलाई कब्जामा लिएर हत्या गरी भेरीमा फालिदिएको अन्यलाई भेरीमा पौडी खेल्ने क्रममै ढुंगा हानेरहत्या गरेको बताएका छन् भेटिएका तीन शवमध्ये तीनै जनाको टाउकोमा गहिरो चोट लागेको, एक जनाको हातमा घरेलु हतियारकोचोट, बुधबार दिउँसो भेटिएका एक युवाको हातखुट्टा डोरीले बाँधेर भेरीमा बगाएको अवस्थामा भेटिएको स्थानीयले जनाएका छन्

यस घटनाको चौतर्फी बिरोध भईरहेको घटनामा कम्तीमा २० जना बिरुद्ध किटानी जाहेरी परेको भने वडा अध्यक्ष केटीका बाबुसहित १२ जनालाई प्रहरीले पक्राउ गरीसकेको

sp sp

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago