रुकुम : डोरीले बाधिएको मृत अवस्थामा भेटिए अर्का बेपत्ता युवा !

रुकुम, रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोती गाउँमा युवाहरुमाथी भएको सामूहिक हत्यामा कुटपिटपछि बेपत्ताभएका भनिएका तीन जनामध्ये थप एक जनाको शव डोरीले बाधिएको अवस्थामा शसस्त्र प्रहरीले फेला पारेको

फोटो फाईल

यस अघि यो गाँउलेहरुले खेदाउदा भाग्ने क्रममा भेरी नदीमा हाम फालेर मृत्यु भएको वा घटना भएको कुटेर मारेको हैन भन्ने केहीजनप्रतिनिधिको दाबी बिपरीत यो प्रमाण फेला परेको

उनीहरु आफै हाम फालेका थिए भने फनफनि शरीरमा त्यत्रो डोरी कसरी बाधियो ? पीडित परिवारहरुले प्रश्न गरेका छन्

बेपत्ता भएका लाकेन्द्र सुनारको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले भेरी नदिमा भेटाएको प्रहरीले जनाएको

चौरजहारी नगरपालिका वडा नं कि एक युवतीसगँको प्रेम सम्वन्धको विषयलाई लिएर वडाध्यक्ष डम्वरबहादुर मल्लसहित गाउँलेकोसंलग्नतामा सामूहिक कुटपिटपछि हत्या भएको थियो

जाजरकोट जिल्ला भेरी नगरपालिका का २१ वर्षीय नवराज बिक, सोही ठाउँका १७ वर्षीय गणेश बुढामगर रुकुमको चौरजहारीनगरपालिका का २० टीकाराम सुनारको यस अघिनै भेरी नदी किनारमा शव भेटिएको थियो

जेठ १० गते भएको कुटपिटमा जनाको शव भेरी नदी किनारमा फेला परेको जाजरकोट जिल्ला भेरी नगरपालिका का १८ वर्षीयलोकन्द्र सुनार, १७ वर्षीय गोबिन्द शाही, २१ वर्षीय सन्दीप बिक बेपत्ता पारिएको थियो

लोकेन्द्र सुनारको शव डोरीले बाँधेर भेरी नदीमा बगाएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको

मृतक नवराजकी प्रेमिका चौरजहारी नगरपालिका सोतीकी १७ वर्षीय सुष्मा मल्ललाई बेहुलीका रूपमा भित्र्याउन शनिबार १९युवासहित गाउँ पुगेका बेला वडाध्यक्ष मल्लसहित सोतीका गाउँलेले आक्रमण गरेर लखेट्दा उनीहरूको मृत्यु भएको प्रहरीले प्रारम्भिकअनुसन्धानबाट खुलेको बताएको

सारा गाँउलेहरुले तीन तिरबाट घेरा हालेर कुट्दै , खेद्दै गरे पछि बाचेर आएकाहरुले भने हत्या नै गरेर फ्याकिएको दाबी गरीरहेका छन्

उनीहरूले नवराज लगायतका केहीलाई कब्जामा लिएर हत्या गरी भेरीमा फालिदिएको अन्यलाई भेरीमा पौडी खेल्ने क्रममै ढुंगा हानेरहत्या गरेको बताएका छन् भेटिएका तीन शवमध्ये तीनै जनाको टाउकोमा गहिरो चोट लागेको, एक जनाको हातमा घरेलु हतियारकोचोट, बुधबार दिउँसो भेटिएका एक युवाको हातखुट्टा डोरीले बाँधेर भेरीमा बगाएको अवस्थामा भेटिएको स्थानीयले जनाएका छन्

यस घटनाको चौतर्फी बिरोध भईरहेको घटनामा कम्तीमा २० जना बिरुद्ध किटानी जाहेरी परेको भने वडा अध्यक्ष केटीका बाबुसहित १२ जनालाई प्रहरीले पक्राउ गरीसकेको

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago