सौराहामा अपेक्षाभन्दा बढी पर्यटक

चितवन, लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको लकडाउन निषेधाज्ञापछि पर्व बिदा समेत परेकालेपर्यटकको चहलपहल बढेको हो दशैँको टीकाको दिनयता राप्ती किनारका पबहरुमा आन्तरिक पर्यटक बढेका छन् भने होटल बुकिङभईरहेका छन् व्यवसायीले अपेक्षा गरेभन्दा बढी पर्यटक सौराहामा आइरहेका छन् क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपकभट्टराईका अनुसार ३० देखि ३५ प्रतिशत होटल बुकिङ भइरहेका छन् सुनसान अवस्थामा एकाएक पर्यटक आएपछि बिदामा रहेकाकर्मचारी डाकेर होटल सञ्चालकले व्यवस्थापन गरिरहेका छन्

फोटो फाईल

उहाँका अनुसार सबै पर्यटक स्वदेशी हुन् जिल्लाभन्दा बाहिरका पर्यटक बढी रहेको उहाँले जानकारी दिनुभयो काठमाण्डौं, पोखरा, वीरगन्ज, बुटवल, नेपालगञ्ज लगायतका क्षेत्रबाट पारिवारिक समूहगत रुपमा युवाहरु यहाँ आएको भट्टराईको भनाइ उहाँलेभन्नुभयोयसले निरन्तरता पाए राम्रो हुन्थ्यो, भोलिदेखि के हुन्छ थाहा छैन गएको चैत ११ गतेबाट बन्द रहेका सौराहाका होटलहरुबीचमा केही समय खुलेको भए पनि पर्यटक आएका थिएनन् सौराहामा ११० होटल छन् जसमध्ये एक सय हाराहारीले सेवा शुरु गरेकाछन्

पर्यटकको चहलपहल बढेसँगै रेष्टुरेन्ट पनि खुलेका छन् होटलमा भन्दा रेष्टुरेन्टको व्यापार बढी जिल्लाका आन्तरिक पर्यटक घुमेररेष्टुरेन्टमा रमाएर साँझ फर्किनेहरु पनि छन् भने बाहिरी जिल्लाका पर्यटक भने साँझ सौराहामा नै बस्ने गरेका छन् रेष्टुरेन्ट एण्ड बारएसोसिएसन (रेवान) सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहामा रहेका ८० रेष्टुरेन्टमध्ये लगभग सबै खुलेका छन् उहाँलेभन्नुभयो, “व्यवसायी उत्साहित भएका छन् क्रमशः बढ्ने हाम्रो अपेक्षा राप्ती नदीको किनारमा बनाइएका पबमा बिहानदेखिसाँझसम्म रमाउने क्रम बढेको उहाँले जानकारी दिनुभयो

पर्यटक आएसँगै दैनिक चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारी, स्थानीय सामुदायिक वनमा हात्ती सफारी शुरु भएको सौराहाबाटकाठमाण्डौं आवतजावत गर्ने पर्यटक बस पनि सञ्चालनमा आएका छन् क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष समेत रहनु भएकाजङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरेले दशैँसँगै पर्यटक बढेपछि आफूहरुमा उत्साह थपिएको बताउनुभयो आन्तरिकपर्यटक आउने क्रम शुरु भएको भन्दै उहाँले कोभिड सङ्क्रमण नहोस् भन्नका लागि आवश्यक सम्पूर्ण सुरक्षा मापदण्ड अपनाइएकोजानकारी दिनुभयो उहाँले भन्नुभयो, “पाहुनाको स्वास्थ्य सुरक्षाका लागि नेपाल सरकारले तोकेको मापदण्ड हामीले पूरा गरेका छौं सबै व्यवसायीले सङ्क्रमण फैलिन नदिनका लागि सतर्कता अपनाएको उहाँको भनाइ

सात महिनादेखि घरमा नै पट्यारलाग्दो बसाइले गर्दा पनि आन्तरिक पर्यटकहरु घुम्न रुचाएका छन् सफारीका लागि यो निकुञ्जप्रख्यात स्वदेशी विदेशी पर्यटक यहाँ जङ्गल सफारीका लागि आउने गर्दछन् दुर्लभ एकसिंगे गैंडा, बाघ, घडियाल गोही जस्नाजनावर, चराचुरुङ्गीको अवलोकन गर्न पर्यटक आउने गर्दछन्  

sp sp

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago