सौराहामा अपेक्षाभन्दा बढी पर्यटक

चितवन, लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको लकडाउन निषेधाज्ञापछि पर्व बिदा समेत परेकालेपर्यटकको चहलपहल बढेको हो दशैँको टीकाको दिनयता राप्ती किनारका पबहरुमा आन्तरिक पर्यटक बढेका छन् भने होटल बुकिङभईरहेका छन् व्यवसायीले अपेक्षा गरेभन्दा बढी पर्यटक सौराहामा आइरहेका छन् क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपकभट्टराईका अनुसार ३० देखि ३५ प्रतिशत होटल बुकिङ भइरहेका छन् सुनसान अवस्थामा एकाएक पर्यटक आएपछि बिदामा रहेकाकर्मचारी डाकेर होटल सञ्चालकले व्यवस्थापन गरिरहेका छन्

फोटो फाईल

उहाँका अनुसार सबै पर्यटक स्वदेशी हुन् जिल्लाभन्दा बाहिरका पर्यटक बढी रहेको उहाँले जानकारी दिनुभयो काठमाण्डौं, पोखरा, वीरगन्ज, बुटवल, नेपालगञ्ज लगायतका क्षेत्रबाट पारिवारिक समूहगत रुपमा युवाहरु यहाँ आएको भट्टराईको भनाइ उहाँलेभन्नुभयोयसले निरन्तरता पाए राम्रो हुन्थ्यो, भोलिदेखि के हुन्छ थाहा छैन गएको चैत ११ गतेबाट बन्द रहेका सौराहाका होटलहरुबीचमा केही समय खुलेको भए पनि पर्यटक आएका थिएनन् सौराहामा ११० होटल छन् जसमध्ये एक सय हाराहारीले सेवा शुरु गरेकाछन्

पर्यटकको चहलपहल बढेसँगै रेष्टुरेन्ट पनि खुलेका छन् होटलमा भन्दा रेष्टुरेन्टको व्यापार बढी जिल्लाका आन्तरिक पर्यटक घुमेररेष्टुरेन्टमा रमाएर साँझ फर्किनेहरु पनि छन् भने बाहिरी जिल्लाका पर्यटक भने साँझ सौराहामा नै बस्ने गरेका छन् रेष्टुरेन्ट एण्ड बारएसोसिएसन (रेवान) सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहामा रहेका ८० रेष्टुरेन्टमध्ये लगभग सबै खुलेका छन् उहाँलेभन्नुभयो, “व्यवसायी उत्साहित भएका छन् क्रमशः बढ्ने हाम्रो अपेक्षा राप्ती नदीको किनारमा बनाइएका पबमा बिहानदेखिसाँझसम्म रमाउने क्रम बढेको उहाँले जानकारी दिनुभयो

पर्यटक आएसँगै दैनिक चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारी, स्थानीय सामुदायिक वनमा हात्ती सफारी शुरु भएको सौराहाबाटकाठमाण्डौं आवतजावत गर्ने पर्यटक बस पनि सञ्चालनमा आएका छन् क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष समेत रहनु भएकाजङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरेले दशैँसँगै पर्यटक बढेपछि आफूहरुमा उत्साह थपिएको बताउनुभयो आन्तरिकपर्यटक आउने क्रम शुरु भएको भन्दै उहाँले कोभिड सङ्क्रमण नहोस् भन्नका लागि आवश्यक सम्पूर्ण सुरक्षा मापदण्ड अपनाइएकोजानकारी दिनुभयो उहाँले भन्नुभयो, “पाहुनाको स्वास्थ्य सुरक्षाका लागि नेपाल सरकारले तोकेको मापदण्ड हामीले पूरा गरेका छौं सबै व्यवसायीले सङ्क्रमण फैलिन नदिनका लागि सतर्कता अपनाएको उहाँको भनाइ

सात महिनादेखि घरमा नै पट्यारलाग्दो बसाइले गर्दा पनि आन्तरिक पर्यटकहरु घुम्न रुचाएका छन् सफारीका लागि यो निकुञ्जप्रख्यात स्वदेशी विदेशी पर्यटक यहाँ जङ्गल सफारीका लागि आउने गर्दछन् दुर्लभ एकसिंगे गैंडा, बाघ, घडियाल गोही जस्नाजनावर, चराचुरुङ्गीको अवलोकन गर्न पर्यटक आउने गर्दछन्  

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago