नेपाल-भारत मैत्री अस्पतालमा लूट: कोरोना उपचारका नाममा पनि केही घन्टामै ३७ हजारको बिल

काठमाडौं सरकारले तोकेको मूल्यभन्दा बढी रकम उठाएर कोरोना परीक्षणमा निजी अस्पताल प्रयोगशालाहरूले लुट गरिरहेका छन्

सरकारले पिसिआर परीक्षण शुल्क दुई हजार तोके पनि उनीहरूले कम्तीमा दुई हजार चार सयसम्म लिइरहेका छन्

सरकारले पिसिआर परीक्षणको शुल्क दुई हजार तोकेको तर, निजी अस्पताल प्रयोगशालाहरूले दुई हजार पाँच सयसम्म शुल्कलिइरहेका छन्

फोटो फाईल

त्रिभुवन विश्वविद्यालयका बायोटेक्नोलोजिस्ट प्राध्यापक डा. गिरी त्रिपाठीका अनुसार हाल पिसिआर परीक्षणका लागि आवश्यककिटको मूल्य निकै घटेको

उनका अनुसार जनशक्तिसहित नेपालमा सबै खर्च जोड्दा एक हजार चार सय ५० रुपैयाँ ९१२ डलरसम्म० लिँदा सबै खर्च उठ्छविज्ञहरूका अनुसार अहिले निजी प्रयोगशालाहरूले अत्यन्तै कमसल अर्थात् प्रतिकिट आठ सय ३२ रुपैयाँ ९सात डलर० मूल्यकाप्रयोगमा ल्याएका छन्

अझ पिसिआर परीक्षणकोे अनुमति नै नपाएको नेपालभारत मैत्री अस्पतालले समेत कोभिडको नाममा बिरामी ठगिरहेको अस्पतालले २९ असोजमा दाङका ५७ वर्षीय पुरुषलाई केही घन्टा भर्ना गरेर ३७ हजार चार सय ४५ को बिल बनाएको

२५ हजार डिस्काउन्ट गरेर १२ हजार चार सय ४५ असुलेको स्वास्थ्य मन्त्रालयले नै अस्पतालको बिल नयाँ पत्रिकालाई उपलब्धगराएको तैपनि कारबाही गर्नुको साटो मन्त्री सचिव नै अस्पतालको संरक्षणमा लागेका छन् स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनीले दुई हजारभन्दा बढी शुल्क लिएका प्रयोगशालामा चाबी लगाउने बताएदुई हजारभन्दा बढी रकम लिएको बिल फेलापरे हामी कुनै पनि हालतमा त्यस्ता प्रयोगशालामा ताला लगाउँछौँ,’ डा। लोहनीले भने

नेपालभारत मैत्री अस्पतालले ती बिरामीको भर्ना शुल्क दुई हजार पाँच सय, आइसोलेसन बेड शुल्क तीन हजार, पिपिई चार हजार, आधा केजी फलफूलको एक हजार, ल्याब टेस्ट १३ हजार दुई सय ४५ गरी विभिन्न शीर्षकको ३७ हजार चार सय ४५ बिल बनाएकोथियो

नयाँ पत्रिकाले फेला पारेको बिलमा नेपालभारत मैत्री अस्पतालले दुई हजार पाँच सय बी एन्ड बीले दुई हजार चार सय परीक्षणशुल्क लिएका छन् सरकारले २८ भदौमा आरटी पिसिआर परीक्षणको शुल्क चार हजार पाँच सयबाट घटाएर दुई हजार बनाएकोथियो

सरकारी तथ्यांकअनुसार कोरोना परीक्षण पनि निजी प्रयोगशाला केन्द्रित भएको प्रत्येक निजी प्रयोगशालाले दैनिक चार सयदेखिएक हजारभन्दा बढी नमुना परीक्षण गर्दै आएका छन् उनीहरूले विभिन्न संघसंस्थासँग सेटिङ गरेर बढी रकम उठाउने गरेकोप्रयोगशालाका कर्मचारीहरू बताउँछन् हाल देशभर दुई हजार चार सय निजी प्रयोगशाला छन्

प्रयोगशालाहरूले बढी शुल्क लिएको गुनासो आएपछि १४ असोजमा स्वास्थ्य मन्त्रालयले तोकिएकोभन्दा बढी शुल्क लिएको पाएपरीक्षण अनुमति खारेज गर्ने सचिवस्तरीय निर्णय गरेको थियो त्यतिखेर मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ह्याम्स, मेडिसिटी, स्टार, बी एन्ड बी, सूर्या ल्याब, डिकोर, सिडिएल इन्टिपेर ल्याबलगायतले बढी शुल्क लिएकाले २४ घन्टाभित्र शुल्क समायोजन नगरेपरीक्षण स्वीकृति खारेज गर्ने निर्णय भएको बताएका थिए

तर, स्वास्थ्यमन्त्री, सचिव उच्च अधिकारीहरूको संरक्षणमा यी अस्पताल प्रयोगशालाले अहिले पनि बढी शुल्क लिएर नागरिकलाईठगिरहेका छन् नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago