कोरोना भाइरसको संक्रमणबाट स्वास्थ्यकर्मीले ज्यान गुमाए

काठमाण्डौं । बिश्वब्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीको ज्यान गएको छ । महोत्तरीको मनरा सिसवाका ४० वर्षीय कमलेस सहनीको कोरोना संक्रमणबाट ज्यान गएको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी दिनुभयो । प्रजिअ कटुवालका अनुसार उनको उपचारका लागि काठमाडौं ल्याउदै गर्दा बाटोमै ज्यान गएको हो । उनी स्थानीय निजि स्वास्थ्य संस्थामा कार्यरत हेल्थ असिस्टेन्टको रुपमा कार्यरत थिए ।

स्थानीय जनताको उपचारमा खटिने क्रममा उनमा कोरोना संक्रमण भएको आशंका गरिएको छ । क्लिनिक सञ्चालन गरि समस्या परेकाहरुलाई घरमै पुगेर सहयोग गर्ने क्रममा कोरोना संक्रमण भएको हुन सक्ने स्थानीयले शंका गरेका छन् । स्वास्थ्यकर्मी सहनीको श्रीमतीलाई पनि कोरोना संक्रमणको पुष्टि भएको र परिवारका अन्य सदस्यको रिपोर्ट आउन बाँकी रहेको छ ।
मनरा सिसवा नगरपालिकाका सूचना अधिकारी आलोककुमार सहनीका अनुसार मृतक कमलेस सहनीको तीन दिन अगाडी ज्यान गएको थियो । ज्यान गएपछी उनको स्वाब लिईएकोमा सोमबार कोरोना संक्रमणको पुष्टि भएको हो । ज्यान गुमाएका सहनीको श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

bhabindra gautam

Recent Posts

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago