मेस्सीलाई राष्ट्रपतिको सन्देश , आफ्नै देशको क्लबबाट खेल्न अनुरोध ।

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीको विषयमा पछिल्लोपटक धेरै चर्चा चल्न थालेको छ । मेस्सी पछिललो समय क्लब छाड्ने अवस्थामा छन् । उनले आइतबार बार्सिलोनाको प्रि-सिजनका लागि भएको स्वास्थ्य परीक्षणका लागि पनि सहभागिता जनाएनन् ।

बार्सिलोनाबाट मेस्सी जाने चर्चा चलेसँगै अर्जेन्टिनाका समर्थकहरुले मेस्सीलाई देश फर्कन आग्रह गरिरहेका छन् । मेस्सीलाई भर्खरै मात्र अर्जेन्टिनी राष्ट्रपति अल्बर्टो फार्नान्डिजले देश फर्कन आह्‍वान गरेका छन् । फुटबल समर्थक पनि रहेका राष्ट्रपति फर्नान्डिजले मेस्सीलाई आफ्नै देशको क्लबबाट खेल्न आह्‍वान गरेका हुन् ।

अर्जेन्टिनाका पत्रिका कालिनका अनुसार राष्ट्रपतिले यो परिस्थितिमा मेस्सीलाई देश फर्काउन चाहेको बताइएको छ । राष्ट्रपति फार्नान्डिजले मेस्सीलाई नेबेल्स ओल्ड ब्वाइजबाट आफ्नो खेल करियर सक्न अनुरोध गरेका हुन् ।

“मेस्सीले यो देशको क्लबबाट खेल करियर सकेको हेर्न मन छ । त्यसका लागि न्युवेल्स ओल्ड ब्वाइज क्लब उपयुक्त छ । सबै अर्जेन्टिनाका समर्थकहरुको चाहना पनि यही हो,” मेस्सीलाई राष्ट्रपतिले पठाएको सन्देशमा उल्लेख गरेको छ । 

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago