काठमाडौं । अबदेखि सार्वजनिक यातायातमा बैंकको कार्डबाट भुक्तानी गर्न सकिने भएको छ । एनएमबि बैंकले यातायात जगतमा डिजिटल भुक्तानी च्यानल प्रबद्र्घन गर्न एन–क्लाउड प्रालिसँग सम्झौता गरेको हो ।
सम्झौताअनुसार सम्पर्करहित कार्ड र पीओएस टर्मिनलका माध्यमबाट सार्वजनिक यातायातमा डिजिटल भुक्तानी संकलन प्रणाली लागु हुनेछ । कोभिड–१९ को प्रतिकुल परिस्थितिमा संक्रमण रोक्ने प्रयासस्वरुप यो समझदारी गरिएको हो । यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशनअनुरूप डिजिटलाइसन तर्फ केन्द्रित रही नगदबाट नगद रहित समाज रूपान्तरणको दिशामा उन्मुख रहेको बैंकको दाबी छ ।
बैंकले चाँडै नै अन्य बस समितीसँग समझदारी गरी समानान्तर बस भाडा संकलन प्रणालीको लागी अन्य बस अपरेटरसँग पनि सहकार्य सुरू गर्ने दाबी गरेको छ ।
परियोजनाको सुरुवात किपु बस सेवाबाट हुनेछ जहाँ यात्रुहरूले बस भाडा बैंकको कार्ड प्रयोग गरी सम्पर्करहित भुक्तानी गर्न सक्नेछन् । किपु यातायात किर्तिपुरबाट राजधानीका विभिन्न स्थानसम्म चल्छन् ।
यसबारे समझदारीपत्रमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र एन–क्लाउडका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र नारायण श्रेष्ठले हस्ताक्षर गरे ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…