काठमाडौं – सुनको मूल्यले दिनँहु नयाँ कीर्तिमान बनाउँदै आएकोमा आज पनि नयाँ रेकर्ड कायम भएको छ ।
आज प्रतितोला ३ सय रुपैयाँ बढेर हालसम्मकै उच्च तोलाको ९९ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । केही दिनदेखि सुनको भाउ लगातार बढिरहेको छ ।
चाँदीको भाउ भने आज तोलामा २५ रुपैयाँ घटेर तोलाको १२ सय रुपैयाँ निर्धारण गरिएको छ । हिजो चाँदी तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ बढेको हो । नेपालमा पनि त्यसकै प्रभावले सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…