{"source_sid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1590921015740","subsource":"done_button","uid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1590921015719","source":"other","origin":"gallery"}
सन्ताेष गहतराज ,पाल्पा।नेपाली विद्यार्थी संघ जिल्ला कार्य समिति पाल्पाले निजि विद्यालयहरूमा तत्काल भर्ना राेक लगाउन प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र आईतबार बुझाएको छ ।नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितिका कायर्वाहक सभापति सुरेश बाेहाेराकाे नेतृत्वमा ध्यानाकर्षण पत्र बुझाएको हाे ।
का वा सभापति सुरेश बाेहाेराद्वारा हस्ताक्षर उक्त ध्यानाकर्षण पत्रमा नेपाल विद्यार्थी संघ पुरानो विद्यार्थी संगठन हाे । यसले शैक्षिक क्षेत्रमा खेलेकाे भुमिका सर्ववित्तिकै छ । अहिले विश्व काेराेना भाइरस सँग जुधिरहेकाे बेला प्याब्सन लगाएत निजि विद्यालयले गरेकाे भर्ना प्रती नेपाल विद्यार्थी संघकाे गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल सरकार प्रमुख जिल्ला अधिकारी मार्फत हामी अबगत गराउनु चाहान्छाै कि यस परिस्थितिमा कुनै किसिमको भिडभाड नगर्न आग्रह गरिरहेकाे बेला समाजमा काेराेनाकाे कहर ल्याउन प्याब्सन र निजि क्षेत्रले गरेकाे निर्णय अत्यन्त अमानवीय र समाज कल्याणका लागि घातक छ । लाखौं विद्यार्थीहरूकाे स्वास्थ क्षेत्रमा खेलवाड गर्न आर्थिक प्रलाेभनमा परेका निजि शैक्षिक क्षेत्रका व्यापारीहरूलाई नेपाल विद्यार्थी संघले हरेक पटक खबरदारी गर्दछ । काेराेना भाइरसलाई मध्ये नजर गर्दै लकडाउन ,समतामूलक शिक्षा , हुने खाने विद्यार्थी र अधिकार तत्काल स्थगित गर्न सम्बन्धि निकायलाइ जाेडदार माग गर्दछौं ।
अन्यर्था नेपाल विद्यार्थी संघले आन्दोलका थप कार्यक्रम अगाडि बढाउने बताएकाे छ । ध्यानाकर्षण पत्र बुझाउदै नेपाल कार्वाहक सभापति सुरेश बाेहाेरा,ने वि संघका केन्द्रिय सदस्य हरिबाेल भट्टराई,नेपाल विद्यार्थी संघका नेता सुवास गैरेले आफ्नो माग बारे ध्यानाकर्षण गराउदै माग पूरा नभए थप अान्दोलनका कार्यक्रम अगाडि बढाउने जानकारी गराएकाे नेपाल विद्यार्थी संघका सचिव दिपक पाण्डेले बताउनु भयाे । ध्यानाकर्षण पत्र बुझदै प्रमुख जिल्ला अधिकारी यादव सुवेदी निजि विद्यालयकाे भर्ना प्रति गम्भीर ध्यानाकर्षण भएको बताउदै याे ध्यानाकर्षण पत्र प्रधान मन्त्री समक्ष पठाउने बताउनु भयाे ।
बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…
बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई) सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…
काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…
बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…
झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…