भविन्द्र गौतम, पाल्पा । पाल्पामा कोरोना संक्रमणको उच्च जोखिम देखिएको छ । कोरोना परीक्षणका लागी नमुना संकलन गर्ने किट सिमित मात्रामा रहेको छ । प्रयाप्त मात्रामा कीट नहुदा परिक्षण पनी रोकिएको छ । परिक्षण रोकिएपछी संक्रमणको जोखिम बढेको हो । रोजगारको सिलसिलामा भारत गएकाहरु भाइरसको संक्रमण बढेपछी स्वेदेश फर्किने क्रम बढेको छ ।
दैनिक रुपमा पाल्पा प्रवेश गरेको सयौं नागरिक परीक्षण नै नगरी गाउँगाउँका क्वारेन्टाइनमा पुगेका छन् । तानसेनको बतासेडाडामा रहेको त्रिभुवन बहुमुखी क्यापसको भवन र बर्तुङ्गको जनप्रिय माविमा क्वारेन्टाइन बनाइएको थियो । अहिले ती क्वारेन्टाइन ट्रान्जिट प्वाइन्ट को रुपमा होल्डिङ्ग क्वारेन्टाइन बनाइएका छन । तिनै दुई स्थानमा परीक्षणका लागि नमुना संकलन हुँदै आएको थियो । केन्द्र तथा प्रदेश सरकारले पठाएका परीक्षण किट सिमित मात्रामा छन । सिमितमात्रामा किट रहेको हुँदा भारतबाट आएका ब्यक्तिहरुको परिक्षणबिना गाउँपालिकाका क्वारेन्टाइनमा पठाइएको छ । जसले गर्दा पाल्पामा कोरोना संक्रमणको त्रास बढेको छ ।
सुबेदिका अनुसार पाल्पाबाट ३२४ जनाको नमुना संकलन गरि पिसिआर बिधीबाट परिक्षणका लागि प्रादेशिक प्रयोगशालामा पठाइएकोमा १९१ जनाको नेगेटिभ रिपोर्ट आएको छ भने १३३ जनाको रिपोर्ट आईसकेको छैन ।
अर्कोतर्फ बर्तुङ्गमा रहेको क्वारेन्टाइनले समुदायमा त्रास बढेको छ । दैनिकरुपमा क्वारेन्टाइन आउने-जानेलाई पैदल हिडाएर ल्याउने लैजाने गर्दा त्रास बढेको हो । ब्यवस्थापन राम्रो नहुदा क्वारेन्टाइनमा बसेकाहरु नजिकै रहेको मन्दिरसम्म आउनेजाने गर्छन् । गाडीबाट झारेर स्थानीयका घरको पेटिमा राख्ने, बर्तुङ्ग चौराहाबाट पैदल हिड्दै क्वारेन्टाइन सम्म लैजाने ल्याउने गर्दा स्थानीय त्रसित छ्न ।
सुरुमा क्वारेन्टाइनको रुपमा स्थापना गरिएतापनी हाल होल्डिङ्ग क्वारेन्टाइनको रुपमा बिकास गरिएको छ । यसले झन जोखिम बढेपछि स्थानीय आक्रोशित बनेका छन । पिसिआर बिधीबाट परिक्षण गरि रिपोर्ट नआउँदासम्म क्वारेन्टाइनमा राख्नुपर्ने हो यहाँ भने यस्तो हुन सकेको छैन । पिसिआर परिक्षणको लागि नमुना संकलन गरेका र कीट अभावको कारण नमुना लिन बाकी रहेका सबै एकैठाउमा बसेका छन । यसले गर्दा संक्रमणको जोखिम झनै बढेको छ ।
स्थानीय दयाराम पाण्डे भन्छन “होल्डिङ्ग क्वारेन्टाइन नबनाई सम्भाबित संक्रमितलाइ १४ दिन राख्ने क्वारेन्टाइन बनाउनुपर्यो होइन भने ब्यवस्थापन राम्रो गर्न नसके क्वारेन्टाइन नै बन्दगर्नुपर्छ”। बतासेडाडाको क्वारेन्टाइन पनी ब्यवस्थापन राम्रो हुन सकेको छैन । खानेपानी, शौचालय, खानाको ब्यवस्थापन र बस्ने ठाउँको सरसफाइ नभएको गुनासो उठेको थियो । गुनासोपछी अनुगमनका क्रममा प्रदेश प्रदेश सांसद तथा नेपाली काँग्रेसका जिल्ला सभापति वीरबहादुर राना लगाएतको टोलिले अनुगमन गरि समस्या समाधान गर्न सुझाएको थियो ।
पाल्पा कोभिडज-१९ हेल्प डेस्कका अनुसार शनिबार सम्म भारतका बिभिन्न ठाउँबाट १२३१ जना पाल्पा भित्रीएका छन । जसमध्ये १०९९ जनालाई हाेल्डिड क्वारेनटाईबाट सम्बन्धित नगरपालिका तथा गाउँपालिकामा पठाईएकाे छ । बाकी १३२ जना मध्ये ९२ जनालाई बतासे डाडा र ४० जनालाई बर्तुड़् जनप्रिय माविको क्वारेन्टाइनमा राखिएकाे छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…