सिद्धार्थनगरमा एक घर एक कोरोना परीक्षण

नारायण प्रसाद कोइराला, रुपन्देही । जिल्लाको भैरहवा स्थित सिद्धार्थनगर नगरपालिकामा कोरोना बिरुद्ध ‘एक घर एक परीक्षण’ अभियान सञ्चालन गरिने भएको छ ।

कोरोना भाइरस कोभिड–१९ को जोखीम कम गर्नका लागि मायादेवी फाउण्डेशनको नेतृत्वमा ‘एक घर एक परीक्षण’ अभियान सुरु गर्न लागिएको हो । अभियानका लागि फाण्डेसनसले ५० हजार जम्मा गरेको छ ।

फाउन्डेसका प्रमुख रवि कुमार रौनियारले आफुहरुले ५० हजार जम्मा गरेर अभियान सुरु गरेको बताए । उनले सम्बन्धित मन्त्रालय, स्थानिय निकाय, सबै सरकारी निकाय, संघ संस्था, उद्योगपती, स्थानिय क्लबहरु तथा ब्यक्तिगत रुपमा समेत यस अभियान मा हात्तेमालो गरि सक्दो सहयोग गर्न अनुरोध गरेका छन्। यस अभियानलाई पूर्ण सफल बनाउन रवि रौनियारले सामाजिक बिकास मन्त्रालय तथा सिद्धार्थनगर नगरपालिका को भूमिका मह्त्वपूर्ण हुने बताउदै पूर्ण सहयोगको आशा गरेका छन।

फाउन्डेसनले अभियानको नारा पनि तय गरेको छ, ‘अबको अभियान– कोरोना मुक्त नगर हाम्रो पहिचान ।’
यसअघि फाउन्डेसनले कोरोना महामारीको भवितब्य प्रकोपलाई मध्यनजर गर्दै भैरहवा क्षेत्रमा रहेका पत्रिका बितरण गर्ने १५ जना बितरकको कोरोना बिमा गरिदिएको छ ।

bhabindra gautam

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago