नेपाल इन्जिनियर्स एसोसिएसन ५ न प्रदेश द्वारा पिपिइ र मास्क हस्तान्तरण

१८ बैशाख, रुपन्देही । काेराना विरुद्ध देश र बिश्व जुधिरहेको छ । कोरोनाको कारण लकडाउनले देश र सबै खालको पेशा व्यवसाय प्रभावित भएको छ ।संकटको यो घडिमा विभिन्न संघ सस्थाले आफ्नो स्थानबाट मानविय धर्म निभाईरहेका छन । यसै बिच नेपाली ईन्जिनियरहरुको छाता सस्था नेपाल ईन्जिनियर्स एसोसिएसन (नेईए) प्रदेश न ५ ले प्रदेश सरकारलाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

बुधबार नेईए प्रदेश न ५ कार्यकारिणीका अध्यक्ष ई. कुशुमराज ज्ञवाली नेतृत्वको एक प्रतिनिधि मण्डलले मुख्यमन्त्री माननिय शंकर पोख्रेललाई सामाग्री हस्तान्तरण गरेको हो । सामाजिक उत्तरदायित्व वहन गर्दै ५० थान पिपिई र २००० थान मास्क हस्तान्तरण गरिएको नेईए प्रदेश कार्यकारिणी कोषाध्यक्ष ई. अमित खनालले जानकारी दिएका छन । उनका अनुसार आन्तरिक श्रोतबाट सामाग्री खरिद गरि एकद्वार प्रणाली अनुसार आवश्यक स्थानमा प्रयोग गर्न सहज हुने हेतुले सामाग्री प्रदान गरिएको जानकारी दिएका छन ।

ईन्जिनियरहरुको संस्थाद्वारा अटाेमेटिक सानेटाईजिङ्ग टनेल र  नगदरकम हस्तान्तरण  प्रतिनिधि मण्डलमा कार्यकारिणी समितिका सचिव ई. विश्वरन्जन मिश्र, काेषाध्यक्ष ई.अमित खनाल, सदस्यहरु ई. महेश्वर लम्साल र ई. अरुण खनालकाे उपस्थिति रहेकाे थियाे । यसअघि ५ नम्बर प्रदेशका प्रादेशिक अस्पताल हरुलाई इन्जिनियरहरुको संस्थाले अटाेमेटिक सानेटाईजिङ्ग टनेल, तथा कोरोना रोकथाम र उपचारमा सहयोगी सामग्री निर्माता महावीर पुनको राष्ट्रिय आविस्कार केद्रलाई नगद रकम हस्तान्तरण गरेको थियो ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago