{"source_sid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1588250133652","subsource":"done_button","uid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1588250133622","source":"other","origin":"gallery"}
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा का केन्द्रीय सदस्य तथा अनेरास्ववियूका पूर्व केन्द्रीय अध्यक्ष माधब ढुङगेलले नेकपाभित्र अझ उच्चस्तरको एकता हुने बताउनु भएको छ । विहिबार नेता ढुङगेलले नेकपाभित्र अझ उच्चस्तरको एकता हुने धारणा व्यक्त गर्नु भएको हो ।
मातृ सन्देशसंग कुरा गर्दै युवा नेता ढुङगेलले भन्नु भयो हामी नेकपा एमालेको राजनीतिक पृष्ठभूमिवाट विकास भएका हौं मार्क्सवाद लेनिनवाद जनताको वहुदलीय जनवादू को मार्गदर्शनमा धेरै उकाली ओराली,घामपानी व्यहोरेर आएका हामीले एउटा राजनीतिक संस्कृति विकास गरेको बताउनु भयो । आफ्नो पद खोसिए पनि आम देशको समृद्धि,जनताको हित र कम्युनिष्ट पार्टीको लोकप्रियताको लागि खुशी हुनसक्ने महानता हामीले विकास गरेको उच्चतम संस्कृति हो । कम्युनिस्ट आन्दोलनको लोकतान्त्रीकरणको सिद्धान्तमा सहमत भएपछि पार्टी एकता भएको जिकिर गर्नुहुदै नेकपाको एकताको लागि नेता कार्यकर्ता एकजुट हुनुपर्ने बताउनु भयो ।
प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेका नेता ढुङगेलले यहि सरकारले जनताको हित र विकासको लागि काम गर्ने भन्दै आगामी निर्वाचनसम्म सरकारको नेतृत्व परिवर्तन गर्नु नहुने धारणा राख्नु भएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…