जापान । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले उच्च विभूषण ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन अवार्ड’ दिने भएको छ ।
नेपालस्थित जापानी दूतावासका अनुसार जापानले याे वर्षको ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन अवार्ड’ पौडेललाई दिइने निर्णय गरेको हाे । जापान सरकारले विदेशी नागरिकलाई प्रदान गर्ने उच्च सम्मानमध्ये साे सम्मान पनि एक हाे । पौडेललाई नेपाल-जापान सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले साे सम्मानको सो अवार्ड दिइएको दूतावासले जनाएकाे छ ।
पूर्व सभामुख पाैडेलले नेपाल-जापान संसदीय मैत्री संघ गठन गरेर सांसदहरुबीच अनुभव साटासाट गर्न भूमिका खेलेकाे भन्दै जापानले सो अवार्ड दिएको दूतातावासले जनाएको छ । पाैडेल साे संघका संस्थापक हुन् ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…