माथागढी गाउँपालिकाले बाँझो जमिन उपयोग गर्ने कृषकलाई अनुदान दिने ।

पाल्पा, बैशाख १८ ।  कोरोना भाइरस (कोभिड–१९) का कारण उत्पन्न हुन सक्ने संभावित खाद्य संकट रोक्न जिल्लाको माथागढी गाउँपालिकाले बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने भएको हो ।

गाउँपालिकाको वैशाख ७ गते बसेको कार्यपालिकाको बैठकले कोरोना संक्रमण थप फैलिन सक्ने र यसले खाद्य संकट समेत निम्तिन सक्ने भन्दै २०७४/०७५ भन्दा अगाडिदेखि बाँझो रहेको जग्गामा खेतीपाती गर्ने कृषकलाई अनुदान दिने निर्णय गरेको छ । 

गाउँपालिकाले बाँझो जग्गामा खाद्यान्न, तरकारी तथा फलफुल खेती गर्नेलाई प्रतिरोपनी तीन हजार दिने निर्णय गरेको हो । यदि कुनै पनि कृषकले आफ्नो स्वामित्वमा रहेको बाँझो जमिन उपयोग नगरे तीन वर्षका लागि सम्झौता गरी भाडामा समेत दिन सक्ने छन् । गाउँपालिकामा खेती योग्य उर्वर जमिन रहे पनि यहाँका अधिकांस कृषकहरुले जमिन बाँझो राख्ने गरेका छन् । उक्त जमिन बाँझो राख्ने कृषकहरुलाई प्रोत्साहन स्वरुप गाउँपालिकाले अनुदान दिन लागेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । उनलले भने‘लामो समयको लकडाउनका कारण खाद्य संकट हुनसक्ने विश्व स्वास्थ्य संगठनले गरेको आँकलनलाई मध्यनजर गरी उत्पादन बढाउन कृषकलाई गाउँपालिकाले अनुदान दिने निर्णय गरेको हो ।’ सम्भावित खाद्य संकटलाई मध्यनजर गर्दै किसानलाई खेती गर्नका लागि प्रोत्साहन गर्न लिएको अनुदानले महत्वपूर्ण टेवा पुग्नेमा अध्यक्ष थापाले विश्वास व्यक्त गरे ।

गाउँपालिकाले जमिन बाँझो राख्नेहरुको लगत संकलन कार्य गरिरहेको र कृषकहरुलाई निवेदन दिन समेत अनुरोध गरेको छ । निवेदन दिने कृषकहरुले जग्गा धनीको नागरिकताको प्रतिलिपी, जग्गाधनी पुर्जा, स्वघोषणा पत्र,करारमा दिने भएमा करार सम्झौता पत्र गाउँपालिका वा वडाका कार्यालयलाई उपलब्ध गराउनुपर्ने छ । संभावित खाद्य संकट रोक्नका लागि जिल्लाको रामपुर नगरपालिका, रैनादेवी छहरा गाउँपालिकाहरुले पनि बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने निर्णय गरेका छन् ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago