माथागढी गाउँपालिकाले बाँझो जमिन उपयोग गर्ने कृषकलाई अनुदान दिने ।

पाल्पा, बैशाख १८ ।  कोरोना भाइरस (कोभिड–१९) का कारण उत्पन्न हुन सक्ने संभावित खाद्य संकट रोक्न जिल्लाको माथागढी गाउँपालिकाले बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने भएको हो ।

गाउँपालिकाको वैशाख ७ गते बसेको कार्यपालिकाको बैठकले कोरोना संक्रमण थप फैलिन सक्ने र यसले खाद्य संकट समेत निम्तिन सक्ने भन्दै २०७४/०७५ भन्दा अगाडिदेखि बाँझो रहेको जग्गामा खेतीपाती गर्ने कृषकलाई अनुदान दिने निर्णय गरेको छ । 

गाउँपालिकाले बाँझो जग्गामा खाद्यान्न, तरकारी तथा फलफुल खेती गर्नेलाई प्रतिरोपनी तीन हजार दिने निर्णय गरेको हो । यदि कुनै पनि कृषकले आफ्नो स्वामित्वमा रहेको बाँझो जमिन उपयोग नगरे तीन वर्षका लागि सम्झौता गरी भाडामा समेत दिन सक्ने छन् । गाउँपालिकामा खेती योग्य उर्वर जमिन रहे पनि यहाँका अधिकांस कृषकहरुले जमिन बाँझो राख्ने गरेका छन् । उक्त जमिन बाँझो राख्ने कृषकहरुलाई प्रोत्साहन स्वरुप गाउँपालिकाले अनुदान दिन लागेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । उनलले भने‘लामो समयको लकडाउनका कारण खाद्य संकट हुनसक्ने विश्व स्वास्थ्य संगठनले गरेको आँकलनलाई मध्यनजर गरी उत्पादन बढाउन कृषकलाई गाउँपालिकाले अनुदान दिने निर्णय गरेको हो ।’ सम्भावित खाद्य संकटलाई मध्यनजर गर्दै किसानलाई खेती गर्नका लागि प्रोत्साहन गर्न लिएको अनुदानले महत्वपूर्ण टेवा पुग्नेमा अध्यक्ष थापाले विश्वास व्यक्त गरे ।

गाउँपालिकाले जमिन बाँझो राख्नेहरुको लगत संकलन कार्य गरिरहेको र कृषकहरुलाई निवेदन दिन समेत अनुरोध गरेको छ । निवेदन दिने कृषकहरुले जग्गा धनीको नागरिकताको प्रतिलिपी, जग्गाधनी पुर्जा, स्वघोषणा पत्र,करारमा दिने भएमा करार सम्झौता पत्र गाउँपालिका वा वडाका कार्यालयलाई उपलब्ध गराउनुपर्ने छ । संभावित खाद्य संकट रोक्नका लागि जिल्लाको रामपुर नगरपालिका, रैनादेवी छहरा गाउँपालिकाहरुले पनि बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने निर्णय गरेका छन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago