Categories: समाचार

घेराबन्दीमा सरकार

काठमाडौं देशमा नयाँ संविधान जारी भएपछि सम्पन्न आमनिर्वाचनबाट झण्डै दुई तिहाई जनमत प्राप्त नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार चौतर्फी घेराबन्दीमा परेको प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्विघटन गरेसँगै सरकारविरुद्ध दिनहुँ नारा जुलुस विरोध प्रदर्शन जारी

ओली सरकारले असंवैधानिक कदम चालेकोभन्दैसंसद् विघटनको निर्णय फिर्ता लिनविभिन्न पक्ष तथा समूहले दिनहुँ प्रदर्शन विरोध जारी राखेका छन् सत्तासीन नेकपाकै पुष्पकमल दाहालप्रचण्ड नेपाल समूहले मंगलबार संसद् विघटनविरुद्ध विरोध प्रदर्शनतथा आमसभा गरेको देशभर गरिएको विरोध प्रदर्शनमा संसद् पुनस्र्थापना माग गरिएको

नेताहरूले सरकारको चर्को विरोध गर्दै प्रधानमन्त्री ओलीको कदमलाईअंवैधानिकभएको औंल्याका छन् प्रमुख प्रतिपक्षी नेपालीकांग्रेसले पनि सोमबार सबै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम आयोजना गरेको थियो कांग्रेस नेताले प्रधानमन्त्री ओलीको कदमकोविरोध गरेका छन् उनीहरूले सर्वोच्च अदालतको निर्णय मान्ने जनाए पनि संसद् विघटन गर्ने कदमको भने विरोध जनाएका छन्

प्रचण्डनेपाल समूह, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका साथै समाजवादीलगायत अन्य दलले समेत देशभर विरोध प्रदर्शन गर्दै आएकाछन् प्रमुख राजनीतिक दल तथा तिनका विभिन्न भ्रातृ संगठनले दिनहुँ नाराजुलुस तथा प्रदर्शन गर्दै सरकारको विरोध गरिरहेका छन् प्रधानमन्त्री ओलीले गत पुसमा संसद् विघटन गर्ने निर्णय गरेका थिए उनले संसद् विघटन गर्दै वैशाखमा निर्वाचन घोषणा गरिसकेकाछन् संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्जनौं रिट परेका छन् अदालतद्वारा गठित संवैधानिक इजलासमा ती रिट विचारधीनछन् प्रधानमन्त्री ओलीले काम गर्ने अवस्था नै नरहेपछिबाध्यात्मक अवस्थाका कारण संसद् विघटन गरेर नयाँ जनमतमा जानुपरेकोबताउँदैआएका छन्

अन्य राजनीतिक दल, नागरिक अगुवा, कानुन व्यवसायीलगायतले भनेसंसद्मा फेस गर्नुको सट्टा संविधानमै नभएको व्यवस्थाअनुसारसंसद् विघटन भएकोजनाउँदै आएका छन् उनीहरूलेअब बन्ने जुनसुकै सरकारले जति बेला पनि संसद् विघटन गर्ने नजिर बस्ने भन्दै देशमा थप अस्थिरता उत्पन्न हुनेचिन्ता व्यक्तगरेका छन् तर, ओलीले भनेबहुमत दलका प्रधानमन्त्रीले नै काम गर्ने अवस्था नभए पनि जनताका जानुको विकल्प नभएकोजिकिरगर्दै आएका छन्

Comments
sp sp

Recent Posts

फोरेक्स रेमिटेन्सद्वारा मोवाईल एप्लिकेसन संचालन

जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…

55 years ago

बिर्तामोड रन २०८१: आजैबाट अनलाइन दर्ता खुल्ला

बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…

55 years ago

“उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४ को दोश्रो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न”

दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…

55 years ago

“सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ: रास्वपा कार्यकर्ताको प्रधानमन्त्रीविरुद्ध नाराबाजी”

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…

55 years ago

“चीनको विद्युतीय क्रान्ति: विश्वका ठूला कार निर्माता संकटमा, बीवाईडीले लियो अग्रस्थान”

काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…

55 years ago

“समर्पण टुर २०२४: लण्डन म्युजिक हलमा सबिन राई एण्ड द फरोजको पहिलो ऐतिहासिक लाइभ प्रस्तुति”

काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…

55 years ago