ओलीले प्रदीप ज्ञवालीलाई खुमलटार पठाए पनि प्रचण्ड पुरानै अडानमा

काठमाडौँआफूसँग रुष्ट बनेपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालप्रचण्डलाई फकाउन अर्का अध्यक्ष एवं प्रधानमन्त्रीकेपी शर्मा ओलीले आफ्ना विश्वास पात्रलाई खुमलटार पठाउने सिलसिलाले निरन्तरता पाएको छ।

फोटो फाईल

शुक्रबार बिहान ओलीले आफ्ना विश्वास पात्र एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई खुमलटार पठाएका छन्। ज्ञवालीले मिलेर अघिबढ्नुको विकल्प नभएको कुरा प्रचण्डलाई सुनाएका थिए।

तर प्रचण्डको सचिवालय स्रोतका अनुसार पार्टी निर्णय उल्लंघन गरिरहने अनि मिलेर जानुको विकल्प छैन भन्ने सन्देश पठाइरहनेप्रवृत्तिले आफूहरुलाई एक नबनाउने ज्ञवालीमार्फत ओलीलाई सन्देश पठाएका छन्।

ओलीले यसअघि बिहीबार आफ्ना अर्का विश्वासपात्र एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई खुमलटार पठाएका थिए।पोखरेलको सन्देश पनि ज्ञवालीको भन्दा फरक थिएन।

त्यसअघि ओलीले बुधबार नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल पूर्वसभामुखसमेत रहेका सुवासचन्द्र नेम्वाङलाई खुमलटारपठाएका थिए।

मन्त्रिपरिषद् हेरफेर, कर्णाली विवाद, गोयलको नेपाल आगमन प्रकरणलगायतका कारण ओली प्रचण्डबीच यही कार्तिक४ गतेदेखिप्रत्यक्ष संवाद भएको छैन।

ओलीले फोनमार्फत छलफलका लागि पटकपटक बालुवाटार बोलाए पनि प्रचण्डले त्यसलाई इन्कार गरेको बुझिएको छ।

यसैबीच पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अब दुई अध्यक्ष ओली प्रचण्डले भेटेर वा उनीहरु एक्लाएक्लै छलफल गरेर मात्रैसमस्या समाधान नहुने स्थितिमा नेकपा पुगेको बताएका छन्।

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago