ओलीले प्रदीप ज्ञवालीलाई खुमलटार पठाए पनि प्रचण्ड पुरानै अडानमा

काठमाडौँआफूसँग रुष्ट बनेपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालप्रचण्डलाई फकाउन अर्का अध्यक्ष एवं प्रधानमन्त्रीकेपी शर्मा ओलीले आफ्ना विश्वास पात्रलाई खुमलटार पठाउने सिलसिलाले निरन्तरता पाएको छ।

फोटो फाईल

शुक्रबार बिहान ओलीले आफ्ना विश्वास पात्र एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई खुमलटार पठाएका छन्। ज्ञवालीले मिलेर अघिबढ्नुको विकल्प नभएको कुरा प्रचण्डलाई सुनाएका थिए।

तर प्रचण्डको सचिवालय स्रोतका अनुसार पार्टी निर्णय उल्लंघन गरिरहने अनि मिलेर जानुको विकल्प छैन भन्ने सन्देश पठाइरहनेप्रवृत्तिले आफूहरुलाई एक नबनाउने ज्ञवालीमार्फत ओलीलाई सन्देश पठाएका छन्।

ओलीले यसअघि बिहीबार आफ्ना अर्का विश्वासपात्र एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई खुमलटार पठाएका थिए।पोखरेलको सन्देश पनि ज्ञवालीको भन्दा फरक थिएन।

त्यसअघि ओलीले बुधबार नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल पूर्वसभामुखसमेत रहेका सुवासचन्द्र नेम्वाङलाई खुमलटारपठाएका थिए।

मन्त्रिपरिषद् हेरफेर, कर्णाली विवाद, गोयलको नेपाल आगमन प्रकरणलगायतका कारण ओली प्रचण्डबीच यही कार्तिक४ गतेदेखिप्रत्यक्ष संवाद भएको छैन।

ओलीले फोनमार्फत छलफलका लागि पटकपटक बालुवाटार बोलाए पनि प्रचण्डले त्यसलाई इन्कार गरेको बुझिएको छ।

यसैबीच पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अब दुई अध्यक्ष ओली प्रचण्डले भेटेर वा उनीहरु एक्लाएक्लै छलफल गरेर मात्रैसमस्या समाधान नहुने स्थितिमा नेकपा पुगेको बताएका छन्।

sp sp

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago