बैतडी, सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा बैतडीको प्रसिद्ध रौलाकेदार धाम जोड्ने पर्यटकीय सडक मार्ग निर्माण कार्य शुरु भएको छ ।सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालयले सो सडकका लागि रु २० लाख बजेट विनियोजन गरेर उपभोक्तासमितिमार्फत काम शुरु भएको हो ।
सुर्नया गाउँपालिकाको सनशेरीमाण्डौंँदेखि रौलाकेदार धामको सल्म्यासम्म सडक निर्माण गर्ने लक्ष्य रहेको सुर्नया गाउँपालिका वडा नं ४का वडाध्यक्ष दिनेशप्रसाद भट्टले जानकारी दिनुभयो । बैतडीका प्रसिद्ध धार्मिकस्थलमध्ये केदारनाथ ज्योर्तिलिङ्गको रुपमासमेत रहेकोरौलाकेदार धाम जोड्नका लागि पर्यटकीय सडक मार्ग निर्माण कार्य शुरु भएको हो । प्रसिद्ध धार्मिकस्थलको रुपमा रहेको रौलाकेदारधाममा पुग्न दर्शनार्थीलाई सजिलो होस् भनेर सडक निर्माण कार्य शुरु भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “आस्थाको केन्द्ररौलाकेदारमा सडक पु¥याउनका लागि सडक निर्माण कार्य शुरु भएको छ । यसले धार्मिक पर्यटकलाई रौलाकेदारमा पुग्न सजिलो हुनेविश्वास लिएका छौं ।”
भगवान शिवका १२ ज्योर्तिलिङ्गमध्ये केदारनाथ ज्योर्तिलिङ्ग रौलाकेदार नै भएको जगद्गुरु वालसन्त मोहनशरण देवाचार्यले यसअघि नैबताइसक्नुभएको छ । रौलाकेदारको महत्व बद्रीकेदार जत्तिकै रहेको र यो ठाउँमा पुग्ने सडक निर्माण गर्न सके धार्मिक पर्यटकलाईभित्रयाउन सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “रौलाकेदार भनेको केदारनाथ ज्योर्तिलिङ्ग भनेर हामीले सम्झिनु पर्दछ ।केदारनाथको दर्शन गर्नका लागि रौलाकेदार पुगे भइहाल्छ ।”
प्रचारप्रसार र रौलाकेदारसम्म पुग्ने सडक अहिलेसम्म नबन्दा रौलाकेदार धाम ओझेलमा रहेको भए पनि पर्यटकीय सडक मार्ग निर्माणलेकेही उत्साह थपिएको स्थानीय रामबहादुर महराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो सडकले रौलाकेदारको दर्शन गर्न जानेकोसङ्ख्या बढ्नेछन् ।” रौलाकेदारमा श्रावणभर दर्शनार्थी जाने गरेका छन् भने कात्तिक शुक्ल अष्टमीका दिन जात्रा समेत लाग्ने गरेको छ ।पर्यटन सडक निर्माणले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले बताउनुभयो। उहाँले भन्नुभयो “पर्यटकीय क्षेत्रको विकास गरी पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेछ।”
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…