प्रदेश सरकारको सहयोगमा पर्यटकीय मार्ग बन्दै

बैतडी, सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा बैतडीको प्रसिद्ध रौलाकेदार धाम जोड्ने पर्यटकीय सडक मार्ग निर्माण कार्य शुरु भएको सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालयले सो सडकका लागि रु २० लाख बजेट विनियोजन गरेर उपभोक्तासमितिमार्फत काम शुरु भएको हो

सुर्नया गाउँपालिकाको सनशेरीमाण्डौंँदेखि रौलाकेदार धामको सल्म्यासम्म सडक निर्माण गर्ने लक्ष्य रहेको सुर्नया गाउँपालिका वडा नं का वडाध्यक्ष दिनेशप्रसाद भट्टले जानकारी दिनुभयो बैतडीका प्रसिद्ध धार्मिकस्थलमध्ये केदारनाथ ज्योर्तिलिङ्गको रुपमासमेत रहेकोरौलाकेदार धाम जोड्नका लागि पर्यटकीय सडक मार्ग निर्माण कार्य शुरु भएको हो प्रसिद्ध धार्मिकस्थलको रुपमा रहेको रौलाकेदारधाममा पुग्न दर्शनार्थीलाई सजिलो होस् भनेर सडक निर्माण कार्य शुरु भएको उहाँले बताउनुभयो उहाँले भन्नुभयोआस्थाको केन्द्ररौलाकेदारमा सडक पु¥याउनका लागि सडक निर्माण कार्य शुरु भएको यसले धार्मिक पर्यटकलाई रौलाकेदारमा पुग्न सजिलो हुनेविश्वास लिएका छौं

भगवान शिवका १२ ज्योर्तिलिङ्गमध्ये केदारनाथ ज्योर्तिलिङ्ग रौलाकेदार नै भएको जगद्गुरु वालसन्त मोहनशरण देवाचार्यले यसअघि नैबताइसक्नुभएको रौलाकेदारको महत्व बद्रीकेदार जत्तिकै रहेको यो ठाउँमा पुग्ने सडक निर्माण गर्न सके धार्मिक पर्यटकलाईभित्रयाउन सकिने उहाँले बताउनुभयो उहाँले भन्नुभयोरौलाकेदार भनेको केदारनाथ ज्योर्तिलिङ्ग भनेर हामीले सम्झिनु पर्दछ केदारनाथको दर्शन गर्नका लागि रौलाकेदार पुगे भइहाल्छ

प्रचारप्रसार रौलाकेदारसम्म पुग्ने सडक अहिलेसम्म नबन्दा रौलाकेदार धाम ओझेलमा रहेको भए पनि पर्यटकीय सडक मार्ग निर्माणलेकेही उत्साह थपिएको स्थानीय रामबहादुर महराले जानकारी दिनुभयो उहाँले भन्नुभयो, “यो सडकले रौलाकेदारको दर्शन गर्न जानेकोसङ्ख्या बढ्नेछन् रौलाकेदारमा श्रावणभर दर्शनार्थी जाने गरेका छन् भने कात्तिक शुक्ल अष्टमीका दिन जात्रा समेत लाग्ने गरेको पर्यटन सडक निर्माणले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले बताउनुभयो उहाँले भन्नुभयोपर्यटकीय क्षेत्रको विकास गरी पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेछ।

sp sp

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago