बाबुले गराइदिए छोराको चौरासी पूजा

परासी, १४ कात्तिक (रासस) : यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन्   बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ सुनवलनगरपालिका१२ हरकट्टाका १०८ वर्षीय  केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाईआशिष पनि दिनुभयो

फोटो फाईल

बाबुले छोरोको चौरासी गरेको कहिल्यै नदेखिएको भन्दै स्थानीयवासी अचम्मित भई पिता ज्ञवालीसँग आशीर्वाद  लिइरहेका थिए चौरासी पूजामा बाबुछोराकै आशीर्वाद लिन पाउनु नौलो भएको स्थानीयवासी राजकुमार श्रेष्ठले बताउनुभयो

पिता ज्ञवाली अहिले पनि स्वस्थ्य हुनुहुन्छ खेतीपातीमै जीवन बिताउनुभएका बुबालाई अहिलेसम्म कुनै औषधि खुवाउनु नपरेको उहाँकासाहिँला छोरा हरिप्रसादले बताउनुभयो केशवराजका चार छोरामा ८४ वर्षीय दधिरामसहित ८० वर्षीय ऋषिराम, ७७ वर्षीय हरिप्रसाद ६३ वर्षीय डा बाबुराम  हुनुहुन्छ

छोराको चौरासी गर्न पाउँदा भाग्यमानी ठानेको बताउँदै केशवराजले आशीर्वाद लिन आउने सबैलाई स्वस्थ्य, सुखी खान पुगोस् भनीआशीर्वाद दिनुभएको थियो आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरादधिरामले बताउनुभयो

विसं १९७० साउन १६ गते गुल्मीको बलेटक्सारमा जन्मिनुभएका ज्ञवालीका चार छोरा अहिले पनि हुनुहुन्छ उहाँको अहिले पाँचौँ पुस्ता(खनाति) चलिरहेको उहाँका खनाति शिवम् दुई वर्ष पूरा भएका छन् जो २०७६ साउनमा जन्मेका हुन् साहिँला छोरा हरिप्रसादकानाति शिवम् वृद्ध केशवराजको उमेर ठीक १०० वर्षले फरक

sp sp

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago