तिनाउमा पशुपन्छी वीमामा गाउपालिकाको ५० प्रतिशत सहयोग ।

पाल्पा । पाल्पा तिनाउ गाउपालिका पाल्पाले कृषकहरुलाई पशुपन्छी पालनमा वीमा सहयोग गर्ने भएको छ । गाउपालिकाले आर्थिक वर्ष ०७७।०७८ मा पशु तथा पंछी पालन गर्नेहरुको सुरक्षालाई मध्यनजर गर्दै वीमा कार्यक्रममा सहुलियत प्रदान गर्ने भएको हो ।

फाईल फोटो

नेपाल सरकारले पशुपन्छी पालन गर्ने किसानलाई वीमाको ७५ प्रतिशत रकम सहयोग गर्दै आएको थियो, किसानले २५ प्रतिशत रकम तिर्नुपर्ने थियो । गाउपालिकाको पशु विकास कार्यक्रमकि डा. मोनालिसा खनालका अनुसार, तिनाउ गाउपालिकाले पशुपन्छी वीमा कार्यक्रम सुरु गरेपछी अव किसानले १२.५ प्रतिशत रकम मात्र तिरे हुन्छ । 

किसानले वीमा गरेवापत २५ प्रतिशत रकम तिर्नुपर्ने हुन्छ, अव २५ प्रतिशत प्रिमियम रकमको पनि ५० प्रतिशत रकम तिनाउ गाउपालिकाले तिर्ने भएको हो । गाउपालिकाका कृषि शाखा प्रमुख हेमन्त शर्माका अनुसार वाख्रा, गाई, भैसी, वंगुर लगायतका पशुहरु तथा कुखुरा, हाँस, टर्की लगायतका पंछी पालन गर्ने किसानको राहतको लागि गाउपालिकाले वीमामा सहयोग गर्न खोजेको हो ।

तिनाउ गाउपालिका पाल्पाले शिद्धार्थ इन्सोरेन्स कम्पनी संग वीमा कार्यक्रम गर्ने तय गरेको छ । अव तिनाउमा पशु तथा पंछी पालन गर्ने किसानले इन्स्योरेन्स कम्पनीमा सिधै गएर वीमा गर्न सक्नेछन् ।

तिनाउ गाउपालिका चुरे क्षेत्रमा पर्दछ, यहाँ कृषि, पशुपालन तथा पंछी पालन गर्ने थुप्रै व्यवसायीहरु छन् । खासगरी गाई तथा भैसी पालन, कुखुरा, वंगुर लगायतका दर्जनौं फर्महरु तिनाउमा रहेका छन् । गाउपालिका भित्र साना तथा ठूला पशुपन्छी पालन गर्नेहरुको लागि वीमाले राहत प्रदान गर्ने गाउपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगर बताउनुहुन्छ ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago