कोरोना कहरले विद्युतीकरण कार्य रोकियो

बैतडी, कोरोना कहरका कारण गरिएको लकडाउनले रोकिएको विद्युतीकरणको काम बैतडीको तल्लोस्वराड क्षेत्रमा अझै शुरु हुन सकेको छैन तल्लोस्वराडमा विद्युत्को राष्ट्रिय प्रसारण लाइन विस्तार हुन लागेको थियो

गत चैत ११ देखि गरिएको लकडाउनले रोकिएको विद्युत् विस्तारको काम शुरु हुन नसकेको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालयअत्तरियाका इलेक्ट्रिकल इन्जिनीयर अभिषेकराज कलवारले जानकारी दिनुभयो

मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका पञ्चेश्वर गाउँपालिकमा विद्युत्को राष्ट्रिय प्रसारण पुर्याउनका लागि काम शुरु भएकोथियो सो क्षेत्रमा विद्युत्को पहुँच पुर्याउनका लागि पाटन मेलौलीमा सवस्टेशन राख्ने पाटनदेखि मेलौलीसम्म लाइन विस्तारको कामशुरु भएको थियो

पाटनमा मेलौलीमा सवस्टेशन निर्माणका लागि आरके इन्टरनेसनल प्रालिसँग २०७६ साल जेठमा ठेक्का सम्झौता भएर एक वर्षभित्रगरिसक्ने लक्ष्यसहित काम शुरु भएको भए पनि कोरोना कहरले गर्दा काम प्रभावित भएको उहाँले बताउनुभयो लकडाउनमा सामग्रीढुवानी गर्न नसक्दा काम रोकिएको हो उहाँले भन्नुभयो, “सवस्टेशन निर्माणका लागि टेण्डर भइसकेको  निरीक्षण अनुगमन भएकालेकेही दिनमै पुनः काम सञ्चालन हुन्छ

प्राविधिकसहितको टोलीले निरीक्षण अनुगमनको काम सम्पन्न गरेकाले तिहारपछि काम शुरु हुने उहाँले बताउनुभयो उहाँले भन्नुभयो, “पेपर वर्कको काम सकिएकोले अब चाँडै निर्माणको कामलाई अगाडि बढाइन्छ   पाटनमा सवस्टेशन निर्माणका लागि रु ११ करोड ५०लाख मेलौलीमा सवस्टेशन निर्माणका लागि रु १२ करोड ५० लाखमा ठेक्का सम्झौता भएको हो 

यस्तै पाटनदेखि मेलौलीसम्म लाइन विस्तारका लागि अमृत इन्द्रधनु जेभीसँग सम्झौता भएको थियो लाइन विस्तारको काम पनि एकवर्षभित्र सक्ने गरेर २०७६ साल जेठमा सम्झौता भएको थियो पाटनदेखि मेलौलीसम्म लाइन विस्तारका लागि रु दुई करोड १४ लाखमाठेक्का सम्झौता भएको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले जनाएको जिल्लाको तल्लोस्वराड क्षेत्रलाईविद्युत्को राष्ट्रिय प्रसारणमा पहुँच पुर्याउन सवस्टेशन निर्माण लाइन विस्तारको काम शुरु भएको हो

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago