फोटो फाईल
काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बढेको तिक्तताहटाउनका लागि अर्का अध्यक्ष एवं प्रधामन्त्री केपी शर्मा ओलीले आफ्ना पक्षका योद्धाहरुलाई प्रदेशबाट झिकाएका छन्।
असहमतिका विषयहरुको चाङ लाग्न थालेपछि विगत ९ दिनयता आफूसँग प्रत्यक्ष संवाद नगरेका प्रचण्डलाई मनाएर पुरानै अवस्थामाफर्काउन ओलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई काठमाडौँ झिकाईवार्ताका लागि परिचालनसमेत गरेका छन्।
ओली आफैले फोनमार्फत छलफलका लागि बालुवाटार आउन पटकपटक गरेको आग्रह अस्वीकार गरेका प्रचण्डलाई मनाउन उनलेआफ्ना विश्वास पात्रहरुलाई पहिलेझैँ यसपालि काठमाडौँ बोलाएर खटाएका हुन्।
मुख्यमन्त्री पोखरेल यसअघिको ओली र प्रचण्डबीचको विवाद मिलाउन साउन ३० गते गठित महासचिव विष्णु पौडेलेको संयोजकत्वको‘समस्या समाधान सुझाव कार्यदल’मासमेत सामेल थिए।
पौडेल र पोखरेलले ओलीकातर्फबाट प्रचण्ड पक्षका तर्फबाट कार्यदलमा सामेल जनार्दन शर्मा र पम्फा भुसाल, अर्का नेता माधवकुमारनेपालका तर्फबाट सामेल भीम रावल र सुरेन्द्र पाण्डेसँग लगातार छलफल गरी सहमति बिन्दु पहिचान गरेका थिए।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…