फोटो फाईल
काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बढेको तिक्तताहटाउनका लागि अर्का अध्यक्ष एवं प्रधामन्त्री केपी शर्मा ओलीले आफ्ना पक्षका योद्धाहरुलाई प्रदेशबाट झिकाएका छन्।
असहमतिका विषयहरुको चाङ लाग्न थालेपछि विगत ९ दिनयता आफूसँग प्रत्यक्ष संवाद नगरेका प्रचण्डलाई मनाएर पुरानै अवस्थामाफर्काउन ओलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई काठमाडौँ झिकाईवार्ताका लागि परिचालनसमेत गरेका छन्।
ओली आफैले फोनमार्फत छलफलका लागि बालुवाटार आउन पटकपटक गरेको आग्रह अस्वीकार गरेका प्रचण्डलाई मनाउन उनलेआफ्ना विश्वास पात्रहरुलाई पहिलेझैँ यसपालि काठमाडौँ बोलाएर खटाएका हुन्।
मुख्यमन्त्री पोखरेल यसअघिको ओली र प्रचण्डबीचको विवाद मिलाउन साउन ३० गते गठित महासचिव विष्णु पौडेलेको संयोजकत्वको‘समस्या समाधान सुझाव कार्यदल’मासमेत सामेल थिए।
पौडेल र पोखरेलले ओलीकातर्फबाट प्रचण्ड पक्षका तर्फबाट कार्यदलमा सामेल जनार्दन शर्मा र पम्फा भुसाल, अर्का नेता माधवकुमारनेपालका तर्फबाट सामेल भीम रावल र सुरेन्द्र पाण्डेसँग लगातार छलफल गरी सहमति बिन्दु पहिचान गरेका थिए।
बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…
बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई) सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…
काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…
बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…
झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…