पाल्पा । सिद्धार्थ राजमार्गको तानसेन ७ बाँसटारीमा बस र टिप्पर ठोक्किदा ८ जना घाईते भएका छन् । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ३०६७ नम्बरकोे टिप्परले बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु १ ख ९९८२ नम्बरको यात्रुवहाक बसलाई ठक्कर दिएको हो ।
बिहिबार दिउसो भएको दुर्घटनामा परि पाल्पा रिब्दिकोट गाउँपालिका २ बस्ने ४५ वर्षीय केशव भट्टराई, रिब्दिकोट १ बस्ने २३ वर्षीय सालिकराम बि.क., सोही स्थानका चन्द्र बहादुर सुनार, रुपन्देही बुटवल उपमहानगरपालिका ३ बस्ने १६ वर्षीय पूजा सुनार, पाल्पा पूर्वखोला ३ बस्ने ३२ वर्षीय हिरादेवी राना, रिब्दिकोट ४ बस्ने ३४ वर्षीय शेर बहादुर थापा, रुपन्देही तिलोत्तमा ३ बस्ने ७१ वर्षीय दुर्पता गैरे र नवलपरासी अस्नैया गणेशबस्ति बस्ने ६ वर्षीय युगेश घर्ति घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाईतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…