सरकारले प्रहरी नायब महानिरीक्षकको दरबन्दी थप गर्ने ।

फाईल फोटो

काठमाडौैं । सरकारले नेपाल प्रहरी ऐन र प्रदेश प्रहरी ऐन संशोधन अध्यादेश ल्याएपछि नेपाल प्रहरीमा ५ प्रहरी नायब महानिरीक्षकको दरबन्दी थप हुने भएको छ ।

नेपाल प्रहरीमा हाल रिक्त रहेको ३ डीआईजी र सरकारले थप गरेको ५ दरबन्दीसँगै ८ वटा दरबन्दी खाली भएका छन् । हाल मन्त्रिपरिषद्मा पुगेर बसेको थप दरबन्दीको निर्णय अब बस्ने मन्त्रिपरिषद्को बैठकले गर्ने भएको छ ।

८ दरबन्दी खाली भएपछि अहिले बढुवाका लागि दर्जनभन्दा बढी प्रहरी वरिष्ठ उपरीक्षक लागिपरेका छन् । बढुवाका लागि हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याजका केही एसएसपी दौडधूपमा लागेका छन् ।

डीआईजीका लागि एसएसपीहरू पुरुषोत्तम कँडेल, गणेश ऐर, डा. देवबहादुर बोहोरा, दिवेश लोहनी, उमेश रन्जितकार, हरिराज वाग्ले, पूजा सिंह, नलप्रसाद उपाध्याय, मसाउद आलम खाँ, राजेशकुमार लाल कर्णलगायतले योग्य उम्मेदवारको रूपमा आफूलाई प्रस्तुत गरेका छन् ।

प्रहरी महानिरीक्षक थापाले कुनै पनि एसएसपीलाई चलखेल नगर्न आग्रह गर्नुभएको छ भने बढुवामा वरिष्ठता र कार्य दक्षतालाई आधार मानेर बढुवा गर्ने बताउँदै आउनुभएको छ ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago