रङरोगन पछिको रनिमहल : पहिले र अहिले फोटोफिचर

पाल्पा । नेपालको ताजमहलका रुपमा चिनिने रनिमहल दरबारलाई करिब २० वर्षपछि सेतो रङ लगाएर पुरानै स्वरुपमा ल्याईएको छ ।

रङरोगन नहुदैको तस्बिर । बिचमा परिवर्तन गरि दुई रङको बनाईएको थियो ।

वि.सं. १९४९ मा खड्ग शमशेरले दरबारको निर्माण गरेका थिए ।
आफ्नी अत्यन्त प्रिय रानी तेजकुमारी देवीको मृत्युको समयमा भाव विह्वल भएका शमशेरले रानीसँगै उनको स्मृतिमा भारतको आग्रामा रहेको ताजमहलजस्तै बगैंचासहितको दरवार निर्माण गर्ने अन्तिम वचन दिएका थिए। आफ्नो रानीको सम्झनामा भारतमा रहेका बेलायती इन्जिनियर झिकाई पाँच वर्ष लगाएर वि.सं. १९५४ मा निर्माण पूरा गरिएको यस दरबारलाई नेपालको ताजमहलको रुपमा पनि चिनिन्छ।

पुरानो स्वरुपमा रङ लगाएपछिको दरबार ।

निर्माणकालमा सेतो रङको दरबारलाई बीचमा रंग परिवर्तन गरेर नीलो र सेतो दुई रङ लगाइएको थियो ।

पाल्पालो सदरमुकाम तानसेन बाट १३ किलोमीटर दुरिमा रहेको रानिमहल दरबार पाल्पाको मुख्य पर्यटकीय स्थलको रुपमा लिईन्छ । हेरौ पहिले र अहिले का तस्बिर ।

कालीगण्डकी नदीको उत्तरबाहिनी क्षेत्र रानिमहल दरबार अहिलेको तस्बिर ।
कालीगण्डकी नदीको उत्तरबाहिनी क्षेत्र रानिमहल दरबार पहिलेको तस्बिर ।
bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago