बन्दाबन्दीपछि बौरन लागेको व्यवसायमा फेरि मार थपियो ।

तीन महिनासम्म नराम्ररी थलिएको व्यापार-व्यवसाय बन्दाबन्दी हटेसँगै विस्तारै चलायमान हुँदै थियो । ऋण किस्ता, ब्याज र भाडाको भारले थिचिएका व्यवसायीमा छिट्टै उठ्ने आशा जाग्दै थियो । पूर्ववत् स्थितिमा झैँ कारोवार नभए पनि पसलको खर्च र कर्मचारीको व्ययभार थामिँदै थियो तर निषेधाज्ञाका कारण पुनः एकाएक बजार बन्द भयो । बन्दाबन्दीपछि बौरन लागेको व्यवसायमा फेरि मार थपियो ।

कोरोना सङ्क्रमणको त्रासले व्यवसाय बन्दाबन्दीको पुरानै स्थितितिर फर्कियो । भोलि सोमबार बागलुङ नगरपालिकामा निषेधाज्ञा जारी भएको दुई साता पुग्दैछ । यस बीचमा बागलुङ नगर क्षेत्रमा कोरोना सङ्क्रमित थपिएका छन् । समुदायमा सङ्क्रमण फैलनबाट रोक्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । खाद्यान्न, औषधिलगायत अत्यावश्यक वस्तु किनमेलका लागि बिहान ७–९ बजेको समय छुट्याइएको छ ।

बाँकी समय बजार ठप्प छ । आवातजावतमा समेत रोक लगाइएको छ । निषेधाज्ञाकै बीच कोरोना सङ्क्रमण पूरै नियन्त्रणमा आउने छाँटकाँट छैन । नयाँनयाँ सङ्क्रमति थपिँदै जाँदा कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने स्थिति हुन्छ । त्यसबाट नयाँ सङ्क्रमित पत्ता लाग्ने सम्भावना उत्तिकै हुन्छ । यो चक्र लामो सयमसम्म चल्छ । के अब निषेधाज्ञा थपिनै रहने कि, नयाँ विकल्पमा जाने ? भन्ने प्रश्न उब्जेको छ । बजार बन्द हुँदा काम गरी खाने वर्ग र व्यवसायी चर्को मारमा छन् ।

महामारीबाट बच्न निश्चित समयलाई ‘सटर’ बन्द गर्न तयार व्यवसायी यही अवस्था लम्बिँदै गएमा विकल्प खोज्नुपर्ने मनस्थितिमा पुगेका छन् । जनस्वास्थ्यका मापदण्ड पूर्णरूपमा पालना गराएर बजार खोल्नुपर्ने धारणा व्यवसायीको छ । “निषेधाज्ञा जारी भएको पनि दुई साता पुग्दैछ, अब लामो समयसम्म बजार बन्द गर्न सम्भव छैन, नयाँ विकल्पमा जानुपर्छ”, बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले भन्नुभयो ।

उहाँले मापदण्ड र सुरक्षाका सबै उपाय अपनाउन व्यवसायी तयार रहेको उल्लेख गर्नुभयो । “जिल्ला प्रशासन कार्यालयबाट पनि मापदण्ड बनाएर ल्याउन अनुरोध आएको छ, अबको बैठकमा त्यो विषय हामी राख्छौँ”, उहाँले भन्नुभयो, “बरु नयाँ विधि बनाएर व्यवसाय सञ्चालन गर्नुपर्छ, भाडामा व्यवसाय गर्नेहरु सबैभन्दा ठूलो समस्यामा हुनुहुन्छ ।” अध्यक्ष राजभण्डारीले किराना, फेन्सीलगायतका पसल आलापालो गरेर पनि सञ्चालन गर्न सकिने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले भने निषेधाज्ञा थपघटबारे अहिले नै केही भन्न सकिने स्थिति नरहेको बताउनुभयो । “सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्ने, स्वाब सङ्कलन गर्ने काम भइरहेको छ, थप रिपोर्टहरु कस्तो आउँछ”, प्रजिअ न्यौपानले भन्नुभयो, “केही दिन अझै बाँकी छ, परिस्थिति हेरेर निषेधाज्ञाबारे थप निर्णय हुन्छ, अहिले यसै भन्न सकिन्न ।”

यसअघि बडिगाड गाउँपालिकामा पनि एक साता निषेधाज्ञा जारी गरिएको थियो । सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा अन्यमा सङ्क्रमण नदेखिएपछि गत ७ गतेदेखि निषेधाज्ञा हटाइएको थियो । यस्तै काठेखोला गाउँपालिका कार्यालय पनि बिहीबारदेखि बन्द गरिएको छ । कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म २९२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये २६१ निको भएका छन् भने ३० जना आइसोलेसनमा छन् । कोरोनाका सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । –––

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago