जहाँ गए पनि नेपालको इज्जत र प्रतिष्ठाका लागि खेल्छु : सन्दीप लामिछाने

फाइल फोटो

विश्वभर कोरोना भाइरसको महामारीको कहर थियो । यस्तोमा विश्व खेलकूदमा प्रत्यक्ष असर परीयो  । कोरोना भाइरसको सङ्क्रमण बढ्दै जाँदा नेपाल सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दी लागू गरीयो । यसको प्रत्यक्ष मारमा चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछाने पनि परे । उनी यसबीचमा चार महिना बन्दाबन्दीमा घरमै बसे । “समय व्यतित गर्न निकै गाह्रो भयो”, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भेटिएका लामिछानेले भने, “घरमा बस्दा बस्दा निकै छटपटी भयो ।”

गत असार २२ गते लामिछानेले सुखद खबर प्राप्त गर्नुभयो । ट्रिनिडाड एण्ड टोबागोमा भदौ २ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने क्यारेबियन प्रिमियर लिग ९सिपिएल०का लागि उनी छनोट भएको खबर आयो । आफूले मागेकै पारिश्रमिकमा खेल्न पाउने खबरले उहाँ कम्ता खुशी हुनु भएन । लामिछानेले सिपिएलका लागि आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोक्नुभएको थियो । जमैका तलावाजले उक्त रकममै लामिछानेलाई अनुबन्ध ग¥यो ।

यसअघि सन् २०१९ मा उनलाई बार्बाडोस ट्राइडेन्सले ७० हजार डलरमा अनुबन्ध गरेको थियो । उक्त प्रतियोगितामा लामिछानेले पाँच खेलमा सात विकेट लिएका थिए । यस्तै सन् २०१८ मा सेन्ट किट्स एण्ड नाभिस प्याट्रियट्सले मात्र पाँच हजार डलरमा लामिछानेलाई अनुबन्ध गरेको थियो । सो प्रतियोगितामा उनले छ खेलमा आठ विकेट लिएका थिए ।

आफूले चाहेकै पारिश्रमिक पाउने भए पनि लामिछानेलाई खुशी त मिल्यो तर यस्तो बन्दाबन्दीमा ट्रिनिडाड एन्ड टोबागो कसोगरी पुग्ने भन्ने चिन्ताले सतायो । नेपालमा अझै आगामी भदौ १ गतेसम्मका लागि अन्तरराष्ट्रिय हवाई उडान बन्द थियो । “हिजोसम्म सिपिएल खेल्न पाइन्छ कि पाइन्न भन्ने दुविधा थियो”, लामिछानेले भने, “आज जहाजको टुङ्गो लाग्यो, अब सिपिएल खेल्न उत्साहित छु ।” पछिल्लो समय जहाजको टुङ्गो नलाग्दा कैयौँ रात निद्रा नै भङ्ग भएको उहाँको भनाइ थियो । “जे होस् अब जान पाइने भयो, अब खेल्ने पाइनेमा ढुक्क छु”, आफ्नो गृह मैदानमा खुशी हुँदै लामिछानेले भने ।

कोरोना भाइरसका कारण अन्तरराष्ट्रिय हवाई उडान बन्द भएकाले लामिछाने सिपिएल गुमाउने अवस्था थियो । अन्तिम समयमा चार्टर्ड विमानमार्फत उनी बिहीबार दक्षिण कोरियाहुँदै ट्रिनिडाड एन्ड टोबागो उड्ने निश्चित भएको हो । लामिछानेको यात्रा सुनिश्चित गराउनमा उनका व्यवस्थापक रमन शिवाकोटीको भूमिका अह्म छ । शिवाकोटीको हप्तौँको दौडधूपले लामिछानेको ट्रिनिडाड एन्ड टोबागो उड्ने निश्चित भएको हो ।

“पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालयलगायतको सहयोगले सन्दीप खेल्न जाने टुङ्गो लागेको हो”, शिवाकोटीले भन्नुभयो । सन्दीपको हवाई उडानका लागि केही खेलप्रेमीको रातदिनको दौडधूप सम्झिन लायक रहेको उनको भनाइ थियो । “हाम्रो व्यक्तिगत प्रयासले सिपिल खेल्न पाउने सम्भावना थिएन”, सहयोगीप्रति अभार प्रकट गर्दै व्यवस्थापक शिवाकोटीले भने।

बिहीबार उडे पनि लामिछाने आइतबार मात्र ट्रिनिडाड एण्ड टोबागो पुग्नुहुनेछ । यसका लागि उहाँले नेपालबाट कोरियन एअरलाइन्सको चार्टर्ड विमानमार्फत कोरिया, त्यहाँबाट अमेरिका हुँदै ट्रिनिडाड एण्ड टोबागोको हवाई यात्रा तय गर्नुपर्नेछ । “त्यहाँ पुगिसकेपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ”, लामिछानेले भने । सिपिएल खेल्न जानुअघि उनले मङ्गलबार ललितपुरको स्टार हस्पिटलमा कोरोना परीक्षण गराएका थिए । उनले परीक्षणको रिपोर्ट आज प्राप्त गरेका छन् । “कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ, अब ढुक्कका साथ जान पाउने भए”, लामिछानेले भने।

लामिछानेको टोलीमा विश्व क्रिकेटका प्रख्यात खेलाडी आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, तरबेज शाम्सी, ओशन थोमसलगायत छन् । उनी आबद्ध जमैका तलाबाजले आगामी भदौ ३ गते सेन्ट लुसिया जौक्ससित खेल्नेछ । सिपिएलका लागि विश्वका २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए ।

ट्रिनिडाड एन्ड टोबागोबाट लामिछाने इण्डियन प्रिमियर लिग (आइपिएल) खेल्न संयुक्त अरब इमेरेटस् (युएई) जानु हुनेछ । कोरोना महामारीका कारण यसपटक आइपिएलको १३औँ संस्करण असोज पहिलो सातादेखि युएइमा हुँदैछ । लामिछाने आइपिएलमा दिल्ली क्यापिटल्सबाट खेल्नुहुनेछ । लामिछाने तेस्रोपटक आइपिएल खेल्न लाग्दै हुनुहुन्छ । “अब चाँडै नेपाल फर्किने सम्भावना छैन, तर जहाँ गए पनि नेपालको इज्जत र प्रतिष्ठाका खेल्छु”, लामिछानेले छुट्टिने बेला भने ।

त्रिवि खेल मैदानका कर्मचारीलाई लामिछानेद्वारा एक लाख सहयोग

राष्ट्रिय क्रिकेट टोलीका सदस्य लामिछानेले त्रिवि क्रिकेट मैदानमा कार्यरत कर्मचारीलाई रु एक लाख सहयोग गर्ने घोषणा गरे । सिपिएल खेल्न ट्रिनिडाड एण्ड टोबागो उड्नुअघि आज त्रिवि क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त सहयोगको घोषणा गरे ।

“कोरोना भाइरसको महामारीका बीच पनि उहाँहरुले निकै मेहनत गरी मैदानलाई खेल्न लायक बनाउनुभयो”, लामिछानेले भने, “यसरी मैदान तयार नगरेको भए हामी खेल्नसक्ने थिएनौँ ।” कोरोना महामारीमा कर्मचारी पीडामा बाँचिरहेको र आफ्नोतर्फबाट सकेको सहयोग गर्न पाएकामा खुशी लागेको लामिछानेले बताए ।

“मैदानको रेखदेख गर्ने कर्मचारीले समयमा पारिश्रमिक पाउनुभएको रहेनछ”, उनले भने, “मैले सानो सहयोग गर्न खोजेको छु ।” मैदानमा दिनरात खटिने कर्मचारीलाई भविष्यमा पनि आफ्नो सक्दो सहयोग जारी रहने उनको भनाइ थियो । हाल त्रिवि मैदानमा १४ कर्मचारी काम गर्दै आएका छन् । रासस

Sanjay poudyal

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

55 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

55 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

55 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

55 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

55 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

55 years ago