पाल्पा । मास्क नलगाई घरबाहिर हिड्ने ४३ जना कारवाहीमा परेका छन । जिल्ला प्रहरी कार्यालयले संक्रमण रोग ऐन २०२० र नेपाल सरकारले जारी गरेको लकडाउनको अवज्ञा गरी मास्क नलगाई हिड्डुल गर्ने ब्यक्तिहरुलाई नियन्त्रणमा लिई कारवाही गरेको हो । ९ जना महिला र ३४ जना पुरुष कारवाहीमा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनिहरुलाई जिल्ला प्रशासन कार्यालय, पाल्पामा पठाई जनहि १ सय रुपैयाँ जरिवाना गराई छाडिएको पाल्पा प्रहरीले जनाएको छ ।
प्रशासनले कोरोना भाइरसको जोखिम बढेको बेलामा मानिसले आवश्यक सुरक्षा नअपनाई बाहिर निस्कने, भीडभाग गर्ने जस्ता गतिबिधि बढेको भन्दै आवश्यक सुरक्षा व्यवस्था अपनाएर मात्र बाहिर निस्कनु पर्ने बताएको छ । यस अघि पनि लकडाउनको अवज्ञा गरी मास्क नलगाई हिडेका ५७ जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिई कारवाही गरिएको थियो ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…