रिब्दीकोट गाउँपालिकाका उपभोक्ताको घर–घरमा कृषि एम्बुलेन्स ।

सन्ताेष गहतराज ,पाल्पा , पाल्पाको  रिब्दीकोट गाउँपालिकाले कृषकले उत्पादन गरेका तरकारी उपभोक्ताको घर–घर सम्म पुुर्‍याउनका लागि  कृषि एम्बुलेन्स सञ्चालन गरेको छ । लकडाउनका कारण कृषकहरुले उत्पादन गरेको तरकारीको बजारिकरणमा समस्या भएको भन्दै गाउँपालिकाले कृषि एम्बुलेन्समार्फत उपभोक्ताको घरमै तरकारी पुुर्‍याएको हो । कृषकहरुको उत्पादन खेर नजाओस् भन्ने उद्देश्यका साथ गाउँपालिकाले तरकारी संकलन तथा विक्री गर्ने गरी कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाले तरकारी संकलन सुरु गरे पछि व्यवसायिक कृषकहरुले राहतको महशुस गरेका छन् । कृषकको बारीमा फलेको तरकारीलाई उपभोक्ताको घर घरमा लगेर सहुलियत दरमा तरकारी उपलब्ध गराउन थाले पछि उपभोक्ताहरुले हरियो तरकारी घरमै पाउन थालेका छन् । गाउँपालिकाले कृषकको बारीमा फलेको तरकारीलाई उपभोक्ताको घर–घरमा लगेर सहुलियत दरमा विक्री वितरणमा सहजिकरण गरेको गाउँपालिकाका अध्यक्ष नारायण जिसीले बताए । उनले कृषकले उत्पादन गरेको तरकारी खेर नजाओस् भन्नका लागि कृषि एम्बुलेन्समार्फत उपभोक्ताको घर घरमा तरकारी पुुर्‍याएको बताए । कृषकले उत्पादन गरेको तरकारी बेच्न समस्या र उपभोक्ताले सहज मूल्यमा तरकारी नपाएपछि अहिले उपभोक्ताको घरघरमै सुपथ मूल्यमा तरकारी पुग्न थालेपछि स्थानीय उत्साहित भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रिषिराम अर्यालले बताए ।

मैनादीमा रहेको मैनादी कृषि समूहका कृषकले उत्पादन गरेको गोलभेडा, बोडी, सिमी काउली, काक्रा लगायतका उत्पादन अहिले गाउँपालिका भित्रका उपभोक्ताहरुलाई सस्तो मूल्यमा घर–घरमा लगेर विक्री गरेको सहकारीका जगदीश कुवँर बताउँछन् । अहिले पाल्पामा बुटवल, कपिलवस्तु लगायतका जिल्लाबाट तरकारी आउन नपाएपछि स्थानीय तरकारी घर–घरमा विक्रिका लागि ल्याएपछि उपभोक्तालाई तरकारी खरिद गर्ने समस्या हटेको गाउँपालिकाका कृषी संयोजक रञ्जीव कुवँरले बताए । यसरी गाउँपालिकामा उत्पादन भएको तरकारी कृषकहरूले गाउँपालिकाले घरमा अाइ तरकारी खरिद गरि दिदा गाउँपालिकाका कृषकहरू एक तर्फ राहत महसुस गरेका छन । भने अर्को तर्फ उपभोक्ताहरूले गाउँपालिकाले घरघरमा कृषि एम्बुलेन्सबाट गाउँपालिकामा उत्पादन भएको सरल र सफा तरकारी पाउदा खुशी छन ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago