कोरोना संक्रमित संख्या अमेरिकामा १० लाख ३५ हजार ।

अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १० लाख ३५ हजार पुगेको छ। मंगलबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १० लाख कट्ने अमेरिका पहिलो राष्ट्र बनेको छ।

त्यस्तै मर्नेको संख्या ५९ हजार दुई सय ६६ पुगेको छ। तर केही प्रदेशले नयाँ संक्रमित संख्या र मृत्यु दर घटेको भन्दै आर्थिक व्यवस्था पुन: सुरू गर्ने तयारी गरेका छन्। ‘अब हाम्रा विज्ञहरू विश्वास गर्छन् कि महामारी हाम्रो पछाडि छ। अमेरिकनहरू अब सुरक्षित र छिटो पुनः आर्थिक गतिविधिलाई चलायमान गर्ने तयारीमा छन्,’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने।

क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूजोमले लकडाउनमा रहेको आफ्नो राज्य पुन सञ्चालन गर्न चरणबद्धरूपमा रूपरेखा प्रस्तुत गरेका छन्। क्यालिफोर्नियामा मात्रै एक हजार आठ सय बढीले ज्यान गुमाएका छन्। गभर्नर न्यूजोमका अनुसार विद्यालय र कलेजहरू जुलाइ र अगष्टमा सुरू हुन सक्नेछ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago