कृषि एम्बुलेन्स सन्चालन पछी पाल्पा मा अर्गानिक तरकारीको माग बढी ।

पाल्पा बैशाख १७ ।  लकडाउनका कारण अर्गानिक तरकारी तथा अर्गानिक उत्पादन प्रयोग गर्न नपाएका तानसेनबासी बुधवार खुशी भए । माथागढी बहुउद्देश्यीय सहकारी संस्था माथागढी चिदीपानीले बुधवार एउटा गाडीभरि गाउँका काफल, काक्रा, गावा, भुटुक, सिब्लीगान, गोलेभेडा, धनिया लगायत स्थानीय जातका अर्गानिक उत्पादन तानसेनमा बिक्री गरेको छ । संस्थाले स्थानीय किसानहरुले उत्पादन गरेका सामाग्रीहरु खरिद गरि सस्तोमा बिक्री गरेको हो । जसका कारण उपभोक्ताहरु निकै खुशी भएका छन् । गाडी आउने थाहा पाएपछि स्थानीयहरु उक्त उत्पादन खरिद गर्न आतुर देखिन्थे ।

तानसेनका विश्वनाथ गहतराजले लकडाउनको समयमा कृषि सहकारी मार्फत गाउँमा उत्पादित  तरकारीहरु सस्तोमा अर्गानिक तरकारी टाेलटाेलमा  पाउँदा  निकै खुशी लागेको बताए । संस्थाले कृषि एम्बुलेन्स मार्फत यसरी घर घरमा अर्गानिक उत्पादन पुर्याउन थालेको सहकारीका अध्यक्ष राजकुमार पन्थीले बताए ।

सहकारीमा अधिकांश किसानहरु आवद्ध रहेको र उनीहरुका उत्पादन त्यसै खेर गइरहेको अवस्थामा बजारको मर्मलाई बुझेर सहकारीले यो प्रयास गरेको उनले बताए । यसरी सहकारीले किसानको खेर जाने उत्पादन समेत बिक्री गरिदिन थालेपनि किसानहरु खुशी भएको उनले बताए ।

गाउँका गाबा, सिब्लीगान, भुटुकको ब्यापार खासै हुदैनथ्यो । त्यसै खेर जाने उत्पादनले अहिले राम्रो बजार पाएको छ । किसानले बजार पाउँदा खुशी भएका छन् भने उपभोक्ताहरु सस्तो मुल्यमा अर्गानिक उत्पादन पाउदा खुशी छन् । यो समाचार तयार पार्दासम्म एकैदिन १ लाख बढीको ब्यापार भइसकेको छ ।

जिल्लाका अन्य स्थानीय तहहरुले समेत कृषि एम्बुलेन्स सञ्चालन गरेपनि माथागढीको यो सहकारीको अभियानले जिल्लामा राम्रो सन्देश दिएको छ । यो सहकारीको अभियानलाई स्थानीय सरकारले पनि महत्व दिई सहयोग गर्नु आवश्यक छ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago