कृषि एम्बुलेन्स सन्चालन पछी पाल्पा मा अर्गानिक तरकारीको माग बढी ।

पाल्पा बैशाख १७ ।  लकडाउनका कारण अर्गानिक तरकारी तथा अर्गानिक उत्पादन प्रयोग गर्न नपाएका तानसेनबासी बुधवार खुशी भए । माथागढी बहुउद्देश्यीय सहकारी संस्था माथागढी चिदीपानीले बुधवार एउटा गाडीभरि गाउँका काफल, काक्रा, गावा, भुटुक, सिब्लीगान, गोलेभेडा, धनिया लगायत स्थानीय जातका अर्गानिक उत्पादन तानसेनमा बिक्री गरेको छ । संस्थाले स्थानीय किसानहरुले उत्पादन गरेका सामाग्रीहरु खरिद गरि सस्तोमा बिक्री गरेको हो । जसका कारण उपभोक्ताहरु निकै खुशी भएका छन् । गाडी आउने थाहा पाएपछि स्थानीयहरु उक्त उत्पादन खरिद गर्न आतुर देखिन्थे ।

तानसेनका विश्वनाथ गहतराजले लकडाउनको समयमा कृषि सहकारी मार्फत गाउँमा उत्पादित  तरकारीहरु सस्तोमा अर्गानिक तरकारी टाेलटाेलमा  पाउँदा  निकै खुशी लागेको बताए । संस्थाले कृषि एम्बुलेन्स मार्फत यसरी घर घरमा अर्गानिक उत्पादन पुर्याउन थालेको सहकारीका अध्यक्ष राजकुमार पन्थीले बताए ।

सहकारीमा अधिकांश किसानहरु आवद्ध रहेको र उनीहरुका उत्पादन त्यसै खेर गइरहेको अवस्थामा बजारको मर्मलाई बुझेर सहकारीले यो प्रयास गरेको उनले बताए । यसरी सहकारीले किसानको खेर जाने उत्पादन समेत बिक्री गरिदिन थालेपनि किसानहरु खुशी भएको उनले बताए ।

गाउँका गाबा, सिब्लीगान, भुटुकको ब्यापार खासै हुदैनथ्यो । त्यसै खेर जाने उत्पादनले अहिले राम्रो बजार पाएको छ । किसानले बजार पाउँदा खुशी भएका छन् भने उपभोक्ताहरु सस्तो मुल्यमा अर्गानिक उत्पादन पाउदा खुशी छन् । यो समाचार तयार पार्दासम्म एकैदिन १ लाख बढीको ब्यापार भइसकेको छ ।

जिल्लाका अन्य स्थानीय तहहरुले समेत कृषि एम्बुलेन्स सञ्चालन गरेपनि माथागढीको यो सहकारीको अभियानले जिल्लामा राम्रो सन्देश दिएको छ । यो सहकारीको अभियानलाई स्थानीय सरकारले पनि महत्व दिई सहयोग गर्नु आवश्यक छ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago