विद्यार्थी नेता गैरेले गरे सुरक्षा कर्मीलाई मास्क प्रदान ।

सन्ताेष गहतराज , पाल्पा , बैशाख १७ । नेपाल विद्यार्थी संघ त्रिभुवन बहुमुखी क्यापसका इकाई कार्यवाहक सभापति सुवास गैरले काेराेना भाइरसकाे राेकथामकाे लागि खटेका सुरक्षा कर्मीहरूलाई बुधवार मास्क वितरण गरेका छन ।

प्रहरी हाम्रो साथी भन्ने नाराका साथ दैनिक रूपमा दिनरात नभनी जनताको सुरक्षाका लागि खटिरहेका अवस्थामा प्रहरीहरूकाे सुरक्षामा  केही राहत हाेस भनी मास्क वितरण गरिएको कार्यवाहक सभापति गैरेले बताउनु भयाे । गैरेले पाल्पाका ५ वटा प्रहरी विटहरू प्रभास, बर्तुङग, बसपार्क, हार्थाेकल तथा भुसलडाँडाका करिब १ सय ३ जना सुरक्षा कर्मीहरूलाई मास्क वितरण गर्नु भएकाे हाे । 

पाल्पामा सुरक्षाका लागि खटिएका सुरक्षा कर्मीहरूका लागि स्थानीय  सरकारले  न्युनतम सुरक्षाका सामाग्री उपलब्ध गराएकाेले सुरक्षा कर्मीहरूले जाेखिम पुर्ण रूपमा काम गरिरहेकाे बताउनु भयाे। यस्तो विषम परिस्थितिमा प्रहरीहरू जनताकाे लागि दिन रात नभनि खटेकाेले सुरक्षा कर्मीहरूलाई प्रयाप्त मात्रामा सुरक्षाका सामाग्री उपलब्ध गराउन स्थानिय सरकारले ध्यान पुग्याउनु पर्ने बताउदै यस्ताे  सन्दर्भमा सुरक्षा कर्मीलाई केही राहत हाेस भनि माक्र्स वितरण गर्नु भएकाे बताउनु भयाे । 

मास्क वितरण गरेकाेमा सुरक्षा कर्मीहरूले धन्यवाद दिएका दिएका थिए । गैरे नेपाल विद्यार्थी संघका त्रिभुवन बहुमुखी क्याम्पसका ईकाई कार्यवाहक सभापति तथा रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी पाल्पा शाखाका शाखा प्रबन्धक समेत रहेका छन ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago