विद्यार्थी नेता गैरेले गरे सुरक्षा कर्मीलाई मास्क प्रदान ।

सन्ताेष गहतराज , पाल्पा , बैशाख १७ । नेपाल विद्यार्थी संघ त्रिभुवन बहुमुखी क्यापसका इकाई कार्यवाहक सभापति सुवास गैरले काेराेना भाइरसकाे राेकथामकाे लागि खटेका सुरक्षा कर्मीहरूलाई बुधवार मास्क वितरण गरेका छन ।

प्रहरी हाम्रो साथी भन्ने नाराका साथ दैनिक रूपमा दिनरात नभनी जनताको सुरक्षाका लागि खटिरहेका अवस्थामा प्रहरीहरूकाे सुरक्षामा  केही राहत हाेस भनी मास्क वितरण गरिएको कार्यवाहक सभापति गैरेले बताउनु भयाे । गैरेले पाल्पाका ५ वटा प्रहरी विटहरू प्रभास, बर्तुङग, बसपार्क, हार्थाेकल तथा भुसलडाँडाका करिब १ सय ३ जना सुरक्षा कर्मीहरूलाई मास्क वितरण गर्नु भएकाे हाे । 

पाल्पामा सुरक्षाका लागि खटिएका सुरक्षा कर्मीहरूका लागि स्थानीय  सरकारले  न्युनतम सुरक्षाका सामाग्री उपलब्ध गराएकाेले सुरक्षा कर्मीहरूले जाेखिम पुर्ण रूपमा काम गरिरहेकाे बताउनु भयाे। यस्तो विषम परिस्थितिमा प्रहरीहरू जनताकाे लागि दिन रात नभनि खटेकाेले सुरक्षा कर्मीहरूलाई प्रयाप्त मात्रामा सुरक्षाका सामाग्री उपलब्ध गराउन स्थानिय सरकारले ध्यान पुग्याउनु पर्ने बताउदै यस्ताे  सन्दर्भमा सुरक्षा कर्मीलाई केही राहत हाेस भनि माक्र्स वितरण गर्नु भएकाे बताउनु भयाे । 

मास्क वितरण गरेकाेमा सुरक्षा कर्मीहरूले धन्यवाद दिएका दिएका थिए । गैरे नेपाल विद्यार्थी संघका त्रिभुवन बहुमुखी क्याम्पसका ईकाई कार्यवाहक सभापति तथा रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी पाल्पा शाखाका शाखा प्रबन्धक समेत रहेका छन ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago