{"source_sid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1588145164709","subsource":"done_button","uid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1588145164674","source":"other","origin":"gallery"}
सुशील सुवेदी,सिन्धुपाल्चोक बैशाख १७ ।सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका सबै सामुदायिक विद्यालयहरुले नयाँ शैक्षिक सत्रको लागि नयाँ भर्ना सुरु गरेका छन् । सो गाउँपालिकाका ८ वटै वडाभित्र पर्ने सबै विद्यालयहरुमा आइतबारदेखि भर्ना अभियान सुरु गरिएको हो ।
दुई हप्ताअघि गाउँपालिकाले सबै सामुदायिक विद्यालयहरुको अनलाइनबाटै १ कक्षा देखि ९ कक्षासम्मको परीक्षाफल प्रकाशित गरिसकेका थिए । नयाँ शैक्षिक सत्रका लागि सामाजिक सञ्जाल, फोन, म्यासेजबाट नयाँ भर्ना लिन सुरु गरिएकोे गाउँपालिकाका अध्यक्ष टासी लामाले बताउनुभयो । ‘अहिले भर्ना भएका विद्यार्थीहरुलाई वडाध्यक्षको समन्वयमा विद्यार्थीको घरघरमा पुगेर उनीहरुलाई किताब र पोशाक र्पुयाउनुपर्ने भएकाले भर्ना अभियान सुरु गरिएको हो,’ उहाँले भन्नुभयोे ।
यसअघि बसेको पाँचपोखरी थाङपाल गाउँपालिका शिक्षा समितिको बैठकमा विश्वभर फैलिएको कोरोना भाइरसको महामारीको संक्रमणकालीन समयलाई मध्यनजर गरी सम्बधित वडाको वडा अध्यक्षसँग समन्वय गरी विद्यालयहरुले भर्ना अभियान सुरु गर्ने निर्णय भएको थियो । २०७७ को नयाँ शैक्षिक सत्रमा भर्ना गराउन अभिभावक वा सम्बन्धित विद्यार्थीले विद्यालय उपस्थित नभइ सामाजिक सञ्जाल, फोन, म्यासेजबाट भर्नाको लागि विवरण विद्यालयमा टिपाउन सक्ने अध्यक्ष लामाको भनाइ छ ।
कोरोना भाइरसको संक्रमणबाट बच्न सामाजिक दुरी कायम गरी नियमित विद्यालय प्रशासन सञ्चालन भइरहेको छ । हाल सो गाउँपालिकामा २९ वटा सामुदायिक विद्यालय छन् भने झण्डै ३ हजार विद्यार्थी अध्ययनरत छन् । पाँचपोखरी थाङपाल गाउँपालिकाले एसईई दिने तयारी गरिरहेका विद्यार्थीहरुलाई अनलाइन कक्षामार्फत पढाउने तयारी गरिरहेको छ । गाउँपालिकामा एसईई दिने २३० जना विद्यार्थीलाई अनलाइन कक्षा दिन लागिएको गाउँपालिकाका अध्यक्ष लामाले जानकारी दिनुभयो ।
कोरोना भाइरसको त्रासको कारण एसईई परीक्षा रोकिँदा विद्यार्थीहरु समस्यामा परेकाले अनलाइन कक्षाको तयारी थालिएको हो । त्यसका लागि प्रत्येक वडाका वडाअध्यक्षलाई एसईई दिने विद्यार्थीको अवस्था बुझ्न घरघर पठाइएको अध्यक्ष लामाले बताउनुभयो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…