नयाँ शैक्षिक सत्रको लागि पाँचपोखरी गाउँपालिकामा भर्ना अभियान सुरु ।

सुशील सुवेदी,सिन्धुपाल्चोक बैशाख १७  ।सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका सबै सामुदायिक विद्यालयहरुले नयाँ शैक्षिक सत्रको लागि नयाँ भर्ना सुरु गरेका छन् । सो गाउँपालिकाका ८ वटै वडाभित्र पर्ने सबै विद्यालयहरुमा आइतबारदेखि भर्ना अभियान सुरु गरिएको हो ।

दुई हप्ताअघि गाउँपालिकाले सबै सामुदायिक विद्यालयहरुको अनलाइनबाटै १ कक्षा देखि ९ कक्षासम्मको परीक्षाफल प्रकाशित गरिसकेका थिए । नयाँ शैक्षिक सत्रका लागि सामाजिक सञ्जाल, फोन, म्यासेजबाट नयाँ भर्ना लिन सुरु गरिएकोे गाउँपालिकाका अध्यक्ष टासी लामाले बताउनुभयो । ‘अहिले भर्ना भएका विद्यार्थीहरुलाई वडाध्यक्षको समन्वयमा विद्यार्थीको घरघरमा पुगेर उनीहरुलाई किताब र पोशाक र्पुयाउनुपर्ने भएकाले भर्ना अभियान सुरु गरिएको हो,’ उहाँले भन्नुभयोे ।

यसअघि बसेको पाँचपोखरी थाङपाल गाउँपालिका शिक्षा समितिको बैठकमा विश्वभर फैलिएको कोरोना भाइरसको महामारीको संक्रमणकालीन समयलाई मध्यनजर गरी सम्बधित वडाको वडा अध्यक्षसँग समन्वय गरी विद्यालयहरुले भर्ना अभियान सुरु गर्ने निर्णय भएको थियो । २०७७ को नयाँ शैक्षिक सत्रमा भर्ना गराउन अभिभावक वा सम्बन्धित विद्यार्थीले विद्यालय उपस्थित नभइ सामाजिक सञ्जाल, फोन, म्यासेजबाट भर्नाको लागि विवरण विद्यालयमा टिपाउन सक्ने अध्यक्ष लामाको भनाइ छ ।

कोरोना भाइरसको संक्रमणबाट बच्न सामाजिक दुरी कायम गरी नियमित विद्यालय प्रशासन सञ्चालन भइरहेको छ । हाल सो गाउँपालिकामा २९ वटा सामुदायिक विद्यालय छन् भने झण्डै ३ हजार विद्यार्थी अध्ययनरत छन् । पाँचपोखरी थाङपाल गाउँपालिकाले एसईई दिने तयारी गरिरहेका विद्यार्थीहरुलाई अनलाइन कक्षामार्फत पढाउने तयारी गरिरहेको छ । गाउँपालिकामा एसईई दिने २३० जना विद्यार्थीलाई अनलाइन कक्षा दिन लागिएको गाउँपालिकाका अध्यक्ष लामाले जानकारी दिनुभयो ।

कोरोना भाइरसको त्रासको कारण एसईई परीक्षा रोकिँदा विद्यार्थीहरु समस्यामा परेकाले अनलाइन कक्षाको तयारी थालिएको हो । त्यसका लागि प्रत्येक वडाका वडाअध्यक्षलाई एसईई दिने विद्यार्थीको अवस्था बुझ्न घरघर पठाइएको अध्यक्ष लामाले बताउनुभयो ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago