संविधानको रक्षा गर्न ससंद पुनर्स्थापना आवस्यक

पाल्पा – संसद विघटन असंवैधानिक कमद भएकोले संसद पुनरस्थापना हुनुपर्ने माग गर्दै नेकपा पाल्पा दाहाल नेपाल समुहले विरोध कार्यक्रम गरेको छ । केन्द्रिय कार्यक्रम अनुसार नेकपा पाल्पा दाहाल नेपाल समुहले केपी ओली सरकार राष्ट्रघाती, जनविरोधी, भष्ट्रचारी, भएकोले विघटित संसद पुनरस्थापना गरी बर्तमान सरकार लाई हटाउनु पर्ने आवाज उठाएका छन । गाउँ गाउँ बाट आएका दाहाल नेपाल समुहका नेता तथा कार्यकर्ताहरुले ओली सरकारले गरेका असंवैधानिक कदमहरु फिर्ता हुनुपर्ने, केपी तिम्रो पाराले दुःख पाएर साराले, सुयै चिन्ह हाम्रो, दाहाल नेपाल पक्ष नै नेकपा आधाकारिक हो भन्दै नारा जुलुस गर्दै विरोध कार्यक्रममा सहभागी भए ।
तानसेनको टुडिखेल बाट शुरु भएको विरोध र्याली लहरेपिपल, सिल्खानटोल, टक्सार, भगवतीटोल, शिलतपाटी, मखनटोल हुदै जिल्ला प्रशासन कार्यालय अगााडी विरोध सभामा परिणत भएको थियो । विरोध कार्यक्रम लाई नेकपाका केन्द्रिय सदस्य सोम प्रसाद पाण्डे, तुलाराम घर्तिमगर, ठाकुर गैरेले सम्वोधन गरेका थिए । बक्ताहरुले केपी ओलीले चालेको निरकंश अंसंवैधानिक संसद विघटन फिर्ता नभए सम्म आन्दोलन जारी रहने बताए । बर्तमान सरकारले चुनाव पनि गराउन नसक्ने, चुनाव नौटंकी मात्र भएको, विदेशी दलालहरु संग मिलेर ओलीले संविधान नै कु गरेको, राष्ट्रघाती काम गरेको, पाटी फुटाएको, जनतामाथी धोका दिएको, लोकतान्त्रिक गणतन्त्रका प्रमुख खलनायक केपी ओली भएको नेताहरुले आरोप लगाए ।
सरकार बाट जस्तोसुकै दमन भएपनि संसद पुनरस्थापना नभए सम्म आन्दोलन जारी रहने केन्द्रिय बक्ताहरुले बताए । संविधानको रक्षा गर्न, संविधान लाई सही बाटोमा हिडाउन एकमात्र विकल्प संसद पुनरस्थापना भएको विरोध कार्यक्रममा सहभागी नेताहरुले बताए ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago