संविधानको रक्षा गर्न ससंद पुनर्स्थापना आवस्यक

पाल्पा – संसद विघटन असंवैधानिक कमद भएकोले संसद पुनरस्थापना हुनुपर्ने माग गर्दै नेकपा पाल्पा दाहाल नेपाल समुहले विरोध कार्यक्रम गरेको छ । केन्द्रिय कार्यक्रम अनुसार नेकपा पाल्पा दाहाल नेपाल समुहले केपी ओली सरकार राष्ट्रघाती, जनविरोधी, भष्ट्रचारी, भएकोले विघटित संसद पुनरस्थापना गरी बर्तमान सरकार लाई हटाउनु पर्ने आवाज उठाएका छन । गाउँ गाउँ बाट आएका दाहाल नेपाल समुहका नेता तथा कार्यकर्ताहरुले ओली सरकारले गरेका असंवैधानिक कदमहरु फिर्ता हुनुपर्ने, केपी तिम्रो पाराले दुःख पाएर साराले, सुयै चिन्ह हाम्रो, दाहाल नेपाल पक्ष नै नेकपा आधाकारिक हो भन्दै नारा जुलुस गर्दै विरोध कार्यक्रममा सहभागी भए ।
तानसेनको टुडिखेल बाट शुरु भएको विरोध र्याली लहरेपिपल, सिल्खानटोल, टक्सार, भगवतीटोल, शिलतपाटी, मखनटोल हुदै जिल्ला प्रशासन कार्यालय अगााडी विरोध सभामा परिणत भएको थियो । विरोध कार्यक्रम लाई नेकपाका केन्द्रिय सदस्य सोम प्रसाद पाण्डे, तुलाराम घर्तिमगर, ठाकुर गैरेले सम्वोधन गरेका थिए । बक्ताहरुले केपी ओलीले चालेको निरकंश अंसंवैधानिक संसद विघटन फिर्ता नभए सम्म आन्दोलन जारी रहने बताए । बर्तमान सरकारले चुनाव पनि गराउन नसक्ने, चुनाव नौटंकी मात्र भएको, विदेशी दलालहरु संग मिलेर ओलीले संविधान नै कु गरेको, राष्ट्रघाती काम गरेको, पाटी फुटाएको, जनतामाथी धोका दिएको, लोकतान्त्रिक गणतन्त्रका प्रमुख खलनायक केपी ओली भएको नेताहरुले आरोप लगाए ।
सरकार बाट जस्तोसुकै दमन भएपनि संसद पुनरस्थापना नभए सम्म आन्दोलन जारी रहने केन्द्रिय बक्ताहरुले बताए । संविधानको रक्षा गर्न, संविधान लाई सही बाटोमा हिडाउन एकमात्र विकल्प संसद पुनरस्थापना भएको विरोध कार्यक्रममा सहभागी नेताहरुले बताए ।

bhabindra gautam

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago

प्रधानसेनापति सिग्देलको आह्वान : शान्ति, सुरक्षा र राष्ट्रिय एकताको साझा दायित्व

२४ भदौ, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण निकासका लागि वार्तामा…

56 years ago