काठमाडौं पुस १४–बक्यौता रकम भुक्तानीको माग गर्दै काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेका किसान र सरकारबीच सम्झौताभएको सुनेर आन्दोलनमा आएका एक किसानलाई हृदयघात भएर मृत्यु भएको छ ।
सर्लाहीका नारायणराय यादव (भगत) काठमाडौँको आन्दोलनमा सहभागी थिए । उनले यसपाली पूरै भुक्तानी नलिइ काठमाडौँबाटनफर्किने भन्दै आन्दोलनमा सक्रिय थिए । तर भुक्तानी नै नलिइकन सरकार र आन्दोलनकारी बीच सम्झौता भयो भन्ने सुनेर उनलाईहृदयघात भएको जनता समाजवादी पार्टी नेपालका नेता केदारनन्दन चौधरीले बताए ।
सम्झौता हुने बित्तिकै भगतले आफूलाई फोन गरेर ‘भुक्तानी नलिइकन सम्झौता किन गरेको ? काठमाडौँबाट खाली हात फर्किन मनै छैन। घरमा यसपाली पैसा लिएर आउने भनेर आएको तर यहाँबाट पैसा नलिइ आन्दोलन स्थगित गरेको भन्दै’ चित्त दुखाएको नेता चौधरीलेबताए ।
विगत ३ वर्षदेखि उनले अन्नपूर्ण सुगर मिलबाट २४ लाख ६५ हजार रुपियाँ लिन बाँकी थियो । त्यही पैसाका कारण उनी निकै तनावमाथिए । ‘राति नै फोन गर्दा उहाँलाई निकै चिन्तित भएको पाएको थिएँ । चिन्ता नगर्नुस् तपाईसँग म भोलि भेट्छु जसरी पनि भुक्तानी लिएरमात्र घर जाने हो भनेर सन्तवना दिएको थिएँ,’ नेता चौधरीले भने, ‘तर विहान अचानक फोन आयो कि भगतजी ट्वाइलेटमा लडेर बेहोसहुनुभयो रे । म गंगालाल अस्पतालमा पुगेको छु । डाक्टरले पनि तनावका कारण यो एट्याक भएको भन्नुभएको छ ।’
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…
२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…