भारतमा बीएस्सी अध्ययन गर्दै गरेकी २१ वर्षीया युवती आर्या राजेन्द्रन भारतकी सबैभन्दा कान्छी मेयर बनेकी छिन् । सोमबार भारतकोकेरलास्थित तिरुवनन्तपुरमकी मेयरको रुपमा आर्याले जित हात पारेकी हुन् । उनी भारतको कम्युनिस्ट पार्टी सीपीआई(एम)को तर्फबाटउम्मेदवार बनेकी थिइन् ।
आर्या अहिले अल सेन्ट्स कलेजमा ब्याचलर दोस्रो वर्षमा अध्ययन गर्दै छिन् । बीएस्सी म्याथमेटिक्स अध्ययन गरिरहेकी आर्याका बाबुपेशाले इलेक्ट्रिसियन हुन् भने आमा लाइफ इन्स्योरेन्सकी अभिकर्ता हुन् । कट्टर कम्युनिस्ट परिवारबाट आएकी आर्याले भनिन्, ‘मैले योनिर्वाचन पूर्ण आत्मविश्वास र उत्साहको साथ लडेकी थिएँ । म पार्टीले मलाई दिएको जिम्मेवारी लिन तयार छु । मेरो सपना राजनीति रपढाइलाई एकसाथ अघि बढाउनु हो ।’
आर्या वामपन्थी पार्टीको बालबालिका संगठन बालसंग्रामकी प्रान्तको अध्यक्ष पनि हुन् । आर्याले आफू मेयर भएसँगै आफ्नो प्राथमिकताकेरलाको राजधानीसमेत रहेको सहरको फोहोर व्यवस्थापन प्रणालीमा सुधार गर्नु रहने बताएकी छिन् । उनले मानिसहरुलाई सडकमाफोहोर नफ्याँक्न सचेतना बढाउनु जरुरी रहेको बताएकी छिन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…