डलर खाता विनै ५ सय डलरसम्म भुक्तानी गर्न सकिने, राष्ट्र बैंकले माग्यो सुझाव

काठमाण्डौविदेशबाट वस्तु तथा सेवा आयात गर्दा डलर खाता नभएकाले पनि भुक्तानी गर्न पाउने भएका छन् नेपाल राष्ट्र बैंकलेडलर खाता नहुनेहरूले पनि वार्षिक पाँच सय डलरसम्म भुक्तानी गर्न मिल्ने व्यवस्था कार्यान्वयनको लागि सरोकारवालासँग राय सुझावमाग गरेको

अहिले डलर खाता हुनेले मात्रै डलरमा भुक्तानी गर्न सक्छन्, विदेशी सेवा तथा वस्तु आयात गरेबापत थोरै रकम भुक्तानी गर्नेहरुलाईपरेको समस्यालाई मध्यनजर गर्दै नयाँ व्यवस्था कार्यान्वयन गर्न लागिएको विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख बमबहादुरमिश्रले उज्यालोलाई जानकारी दिनुभयो  

अहिले सामाजिक सञ्जाल अन्य अनलाइन कारोबारको रकम डलरमा भुक्तानी गर्न समस्या भएको गुनासो सम्बोधन गर्नका लागिहामीले यो व्यवस्था गरेका हौँ, अनलाइनमार्फत सानोतिनो कारोबार गर्नेलाई यसले सुविधा हुनेछ’, विदेशी विनिमय व्यवस्थापनविभागका प्रमुख बमबहादुर मिश्रले उज्यालोसँग भन्नुभयो  

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै वार्षिक पाँच सय डलरसम्म भुक्तानी गर्न सकिने जनाएको थियो योव्यवस्थालाई थप प्रष्ट पार्दै सरोकारवालासँग सुझाव मागिएको मिश्रको भनाइ  

सुझावका लागि सार्वजनिक गरिएको प्रस्तावमा इजाजत प्राप्त वाणिज्य बैंकहरुले अनलाइनमार्फत विदेशबाट सेवा आयात गरेबापतकोभुक्तानी गर्ने प्रयोजनको लागि ११ वटा प्रक्रिया तथा सर्त उल्लेख गरिएको   

sp sp

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago