बामदेवलाई पक्षमा तान्ने ओलीको प्रयास, ‘चुनावी प्रधानमन्त्री’ देखि उपप्रधानमन्त्रीको प्रस्ताव

काठमाडौं  नेपाल कम्युनिस्ट पार्टीको सचिवालयको बैठक अघिसम्म अध्यक्षद्वय केपी शर्मा ओली पुष्पकमल दाहालप्रचण्ड पकड बलियो बनाउन सक्रिय भएका छन् दुवै नेताहरुले सचिवालय, स्थायी केन्द्रीय कमिटिीका प्रभावशाली नेताहरुसँगभेटघाट जारी राखेका छन् उनीहरुले विश्वासपात्र आफ्नो पक्षका नेताहरुसँग छलफल गर्दै आएका छन्

पार्टी बैठकमा भोलि दुवैले एक अर्कालाई लगाएको आरोप प्रत्यारोपको दस्तावेजमाथि छलफल हुनेछ यही दस्तावेजले नेकपाकोभविष्यसमेत तय गर्ने परिस्थिति बन्दैछ त्यसका लागि सचिवालय देखि स्थायी कमिटीमा रहेको पकडले फरक अवस्था ल्याउनसक्छ

नेकपाभित्र अहिले सचिवालयमा प्रधानमन्त्री ओली अल्पमतमा छन् नौ सदस्यीय सचिवालयमा ओलीको पक्षमा चारजना देखिएका छन् प्रचण्डको पक्षमा पाँचजना छन् ओलीको पक्षमा ईश्वर पोखरेल, विष्णु पौडेल रामबहादुर थापा बादल देखिएका छन् प्रचण्डकोपक्षमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम प्रवक्ता नारायणकाजी श्रेष्ठ छन्

ओलीले छजना विरोधी सचिवालय सदस्यमध्ये माधवकुमार नेपाल, झलनाथ खनाल बामदेव गौतमलाई आफ्नो पक्षमा ल्याउनभरमग्दुर प्रयास गरे नेपाल खनाल पक्षमा नआउने निश्चित भइसकेको दुवै नेता कहाँ ओलीका विश्वासपात्रहरु पुगेर छलफलगरेपनि सफल भएन ओलीले नेपालसँग तीनपटक छलफल गरे तर, कुरा मिल्नुका साटो टकराव बढेर गयो

ओलीले अझै उपाध्यक्ष बामदेव गौतमलाई पक्षमा तान्न प्रयास छाडेका छैनन् गौतमलाई उपप्रधानमन्त्रीसहित रोजेको मन्त्रालयकोप्रस्ताव गइसकेको उनलाई चुनावी प्रधानमन्त्रीको प्रस्ताव पनि राखिएको तर, गौतम विगतमा धोका खाएको भन्दै ओली पक्षमाजान तयार छैनन् उनलाई मनाउन महासचिव विष्णु पौडेल लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पटक पटक प्रयास गरेकाथिए तैपनि, माहोल बन्न सकेन

शुक्रबार साँझ उपप्रधानमन्त्री ईश्वर पोखरेल भैंसेपाटीस्थित वामदेव निवासमा पुगे उनले गौतमलाई भविष्यमा मिलेर जान सकिनेविषयमा छलफल गरेको बुझिएको तर, गौतम अझै सकारात्मक भएका छैनन् उनले यसपटक अडान नछाड्ने छाँट देखाएका छन् गौतमले ओलीमाथि दुईपटक सत्ता संकट आउँदा अन्तिम समयमा साथ दिएका थिए यसपटक पनि उनकै भरोसा ओली पक्षलाई

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago