फोटो फाईल
काठमाडौं : नेपालको कृषि क्षेत्रको सुदृढ गर्नका लागि विश्व बैंकले ८ करोड डलर बराबरको ग्रामीण उद्यम तथा आर्थिक विकासकार्यक्रम अनुमोदन गरेको छ । कार्यक्रमले नेपालको कृषि क्षेत्रको सुधार गर्दै ग्रमीण बजारमा पहुँच पुर्याउन सहयोग गर्ने विश्व बैंकलेजनाएको छ । कोभिड–१९ पछिको रिकभरीलाई पनि यसले मद्दत गर्नेछ ।
उक्त कार्यक्रमले विशेषगरी महिलाद्वारा सञ्चालित उद्यमहरुलाई बजारसँग जोड्न मद्दत गर्नेछ । नेपाल सरकार र निजी क्षेत्र सहकार्य गरीकृषि क्षेत्रमा नेपाल ब्राण्ड स्थापित गर्न यस कार्यक्रमले अवसर प्रदान गर्ने विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलङ्का निर्देशक फरिसहडाड जर्भोसले बताएका छन् । कार्यक्रमले कफी, चिया, फलफुल, जडिबुटी लगायत क्षेत्रलाई विशेष मद्धत पुर्याउनेछ ।
विश्व बैंकका अनुसार प्रदेश नं १ र २, बाग्मति, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशको ५ वटा आर्थिक करिडोरमा उक्त कार्यक्रमसञ्चालन हुनेछ । विश्व बैंकको कार्यक्रमले नेपाल सरकारको कृषि विकास रणनीति २०१५–२०३५ लाई सहयोग पुर्याउने छ । विश्वबैंकले हाल नेपालको विकासका लागि २४ वटा परियोजनामार्फत ३ अर्ब डलरको सहयोग प्रतिवद्धता गरेको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…