कोतघरमा अजङ्गका खुँडा, तरबार र खुकुरी

चौबिसे राज्यका पालाको गलकोट कोतघरमा ६५ किलोको खुँडा, ५० किलोको तरवार ६० किलोका दुई खुकुरी राखिएको दर्शैँकोनवदुर्गामा ती हतियारको प्रतिस्थापन गरिएको हो हेर्दै अजङ्गका खुकुरी सात फिट अग्ला छन् भने खुँडा तरवार झण्डै नौ फिट

फोटो फाईल

गलकोट नगरपालिकाको कोतघर संरक्षण योजनाअन्तर्गत ऐतिहासिक सांस्कृतिक महत्वका हातहतियार सङ्ग्रह गरिएको हो वडा नं. स्थित कोतघर जीर्णोद्धार संरक्षणलाई नगरले गत आवमा गौरवको योजनामा समेटेको थियो विधिपूर्वक पूजापाठ गरी हतियारभित्र्याइएको कोतघर व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर खत्रीले बताउनुभयो

अनुभवी कालिगड मनबहादुर सिर्पालीले हतियार बनाउनुभएको हो ढोरपाटन नगरपालिकामा विककोबुर्तिबाङ आरन सेवा चारवटै हतियार तयार गर्न तीन महिनाभन्दा बढी समय लागेको उहाँले बताउनुभयो यति ठूला हतियार बनाएको यो नै पहिलोपटक हो”, कालिगड सिर्पालीले भन्नुभयो

यसअघि विकले मेला, महोत्सवमा विक्रीका लागि डुलाउने गरेको रु  एक लाख ११ हजार मूल्य पर्ने ४२ किलोको खुकुरीले निकै चर्चापाएको थियो रु चार लाख ६५ हजारमा सबै हतियार कोतघर व्यवस्थापन समितिलाई उपलब्ध गराएको कालिगड सिर्पालीलेबताउनुभयो हतियार बनाउँदा विकसहित अरू सहयोगी पनि खटेका थिए

वडाध्यक्ष वीरजङ्ग भण्डारीले ऐतिहासिक कोतघरको महिमा झल्काउन प्रतिकात्मक रुपमा पुरानै स्वरुपका हतियार बनाएर राखिएकोबताउनुभयो भावी पुस्ताले पनि कोतघरको महत्वबारे बुझोस्, गरिमा थप बढोस् भन्ने उद्देश्य हो”, उहाँले भन्नुभयो कोतघरमा पुरानैभाला, खुँडा, खुकुरीलगायतका हातहतियार पनि छन्

कोतघरको वृहत्तर विकास गरी आकर्षक सम्पदास्थलका रुपमा विकास गर्ने नगरपालिकाको लक्ष्य हालै विधिवत रुपमा कोतघरव्यवस्थापन समिति दर्ता गरी जीर्णोद्वारको कामलाई गति दिइएको वडाध्यक्ष भण्डारीको भनाइ कोतघरका लागि नगरको रु ५०लाख बजेट पुरातात्विक महत्व झल्कने गरी कोतघरको बृहत् जीर्णोद्वार गरिने

त्यसका लागि गुरुयोजना निर्माणको काम अगाडि बढेको जनाइएको जग्गा व्यवस्थापन, घेराबारलगायत पूर्वाधार तयारीको कामसकिएको कोतघरले झण्डै सात रोपनी सार्वजनिक जग्गा चर्चेको संरचना बनाउँदा अपुग हुने जग्गा किनेरै भए पनि थप्ने योजना

कोतघरसँगै रहेका इष्टदेवी भगवतीको मन्दिरसमेत जीर्णोद्वार गरिने तत्कालीन राजाले दरबार, कोतघर, मन्दिर, पोखरी, कुवा, किल्ला, मोर्चा, पर्खाल आदि निर्माण गरेका थिए उक्त कोतघरबाट २१३ वर्षसम्म मल्ल राजाले स्वतन्त्र राज्य चलाएका थिए

गलकोट राज्यका पहिलो राजा जितारी मल्लले कोतघर निर्माण गरेका थिए राजाको दरबार, कुवा, किल्ला, सुरक्षा मोर्चा पर्खाल भनेभग्नावशेषमा परिणत भएको कोतघरका झ्याल, ढोका भने पुरानै छन् जीर्णोद्धार गर्दा मौलिकता जोगाउनुपर्ने चुनौती मन्दिरमाअहिले पनि बडादशैँ चैतेदशैँमा विशेष पूजा हुन्छ

चैत्राष्टमीमा कोतघरमा मेलै लाग्छ गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गेरैले कोतघर जिल्लाकै ऐतिहासिक धरोहर भएकोउल्लेख गर्नुभयो उहाँले कोतघरको विकासमा जस्तो सुकै सहयोग गर्न नगरपालिका तयार रहेको बताउनुभयो

विसं १६३१ देखि १८४४ सम्म कोतघर रहेको ठाउँबाट गलकोट राज्य सञ्चालन भएको इतिहासमा उल्लेख गोलो पहाडको टाकुरामादरबार तथा कोतघर निर्माण गरी राज्य सञ्चालन भएकाले त्यस क्षेत्रको नाम गोलकोत रहन गएको पाइन्छ उक्त नाम अपभ्रंस हुँदै पछिगलकोट भएको बताइन्छ

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago