चार महिनामा धान खेतमा माछापालन गरेर तीन लाखभन्दा बढी आम्दानी

कञ्चनपुर,शुक्लाफाँटा नगरपालिका सिसैयाका भवानी सिंह ऐरले धान खेतमा माछापालन गरी रु तीन लाख बढी आम्दानी गरेका छन्

जेकेए पशुपछी तथा मत्यस्यपालन फार्म खोलेर धान खेतमा माछापालन गर्दै आउनुभएका ऐरले विगत चार महिनाको अवधिमाखेतमा उत्पादन भएको माछा बेचेर रु तीन लाखभन्दा बढी आम्दानी गरेका हुन्

उहाँले एक विघा धान खेतमा कमन, रहु, भाकुर, नैनी, सिल्भर, ग्रासकार्पलगायत जातका माछापालन गरेका छन् गत असारमहिनामा माछाका पाँच हजार भुरा खेतमा राखेका उहाँले चार महिनामा सो भुराको तौल आधा किलोसम्म पु¥याएर विक्री गरेका छन् धान खेतमै पानी, चारो, मलको व्यवस्था गरी माछापालन गरेका छौं”, उहाँले भन्नुभयो, “माछापालनबाट सोचे भन्दा बढीनै आम्दानीभएको धानको उत्पादन समेत बढेपछि दोहरो आम्दानी हात परेको उहाँको भनाइ

फोटो फाईल

धान खेतमा माछापालन शुरु गरेपछि रोग किराको समस्या समेत हटेको धानमा लाग्ने किरा सबै माछाले खाइ दिएपछि अरुवर्षको जस्तो रोग किराको समस्या पनि व्योहोर्नु परेन”, ऐरले भन्नुभयो, “माछासँगै धानको उत्पादन बढेपछि माछापालनलाई अर्को वर्षपनि निरन्तरता दिने योजना छु

धान काटेर थन्क्याई सकेका उहाँले खेतमा राखिएका माछा केही बिक्री गरेका छन भने केही बिक्रीका लागि तयारी अवस्थामाराखिएको धानखेतसँगै उहाँले माछापालनका लागि चार वटा पोखरी समेत निर्माण गर्नुभएको विगतका वर्षमा ÷ बोरी मात्रैधान उत्पादन हुने खेतमा यो वर्ष मसिनो जातको ३० बोरी धान उत्पादन भएको उहाँको भनाइ

धान खेतमा बिक्री नभएका माछा पोखरीमा राखेर ग्राहकको माग अनुसार बजारसम्म पु¥याउने उहाँको योजना खेतमामाछापालनका लागि धान रोप्नु अघि नै घरमै तयार गरिएको प्रांगारिक मल राखेर जोताइ गर्नुपर्दछ त्यसपछि खेतमा पानी लगाइहिल्याएर मात्र धान रोप्नुपर्ने हुन्छ धान रोपेको १५ दिन पछि युरिया मल छर्किएर माछाका भुरा ल्याएर खेतमा छाड्नु पर्ने उहाँको भनाइ

माछा राखिएको खेतको पानी अन्यत्र जान नदिनका लागि बलियो आलि (मेण) बनाउनु पर्ने हुन्छ खेत पोखरीमा गरी दुई सयक्विन्टल माछा उत्पादन भएको ”, ऐरले भन्नुभयो, “यसको बजार मूल्य रु लाख रहेको माछापालनका लागि मात्रै ऐरले रु पाँचलाख लगानी गरेका छन माछापालनसँगै उहाँले स्थानयी जातका कुखुरा, बङ्गुर, चाइनिज हाँस समेत पाल्नुभएको फार्ममा माछा, कुखुरा, बङ्गुर हाँस पालनुभएका उहाँले यसका लागि भौतिक संरचना निर्माणमा रु ३० लाख लगानी गरेका छन फार्म सञ्चालनकालागि केही रकम आफूसंगै भएको केही रकम बैंकबाट ऋण लिएको उहाँको भनाइ

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago