फाईल फोटो
सन्ताेष गहतराज ,,पाल्पा । याे बर्षमा पाल्पाको तानसेन नगरपालिका वडा न ११ स्थित समाेबारीमा सराई नाच नहुने तर सामान्य पुजा आजा गरि मनाइने भएको छ ।
विश्वमा महामारी रूपमा फैलिएको काेराेना भाइरस काेविड १९ काे संक्रमणलाई मध्ये नजर गरि मन्दिर व्यवस्थापन समितिले पुजा आजा गरिए पनि सराई नाच भने नहुने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिरमा हरेक वर्ष दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमामा ऐतिहासिक सरायँ नाच हुने गर्दथ्यो । स्थानीय युवा क्लवको आयोजनामा राष्ट्रिय कलाकारका साथ सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिन्थ्यो । मन्दिरमा पूजाआजाका साथै सरायँ नाच र सांस्कृतिक कार्यक्रम हेर्न हजारौंको उपस्थिति हुँदै आएको थियो । ‘तर यसवर्ष कोरोनाका कारण भीडभाड हुने कुनै पनि कार्यक्रम नगर्ने निर्णय गरेकाे मन्दिर व्यवस्थापन समितिका सचिव नर बहादुर सारूले गाेर्खाली भ्वाइससँगकाे कुराकानी बताउनु भयाे । त्यस्तै रिब्दिकाेट गाउँपालिका स्थित भारकाेटमा पनि याे बर्ष काेराेनाकाे कारण पुजा चले पनि सराई नाच तथा सास्कृतिक कार्यक्रम सञ्चालन नहुने गाउँपालिकाका अध्यक्ष नारायण जिसीले बताउनु भएको छ । प्रत्येक बर्ष हजारौं भक्तजनहरूकाे भिड लाग्ने उक्त स्थानमा पाल्पाका विभिन्न ठाउहरूबाट सराइ नाच तथा सास्कृतिक कार्यक्रम सञ्चालन हुने गरेको थियाे । याे बर्ष काेराेनाकाे कारण नेपाल सरकारले कुनै पनि भिडभाड हुने कार्यक्रम नगर्न अार्गह गरेको बताउदै साेहि अनुसार याे बर्ष सामान्य पुजा बाहेक अरू कार्यक्रम नहुने बताउनु भयाे । याे बर्ष काेराेना भाइरसकाे कारण पाल्पा सञ्चालन हुने मेला,जात्रा तथा महाेत्सव सञ्चालन भएका छैन
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…