काठमाडौं । उद्योग मन्त्रालयले पाई लगायतका पाँच वटा डिजिटल मुद्राको कारोबार गर्ने व्यक्तिलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पत्रचार गरेको छ ।
उनीहरुलाई पक्राउ गरी अनुसन्धानमा सहयोग गर्न भन्दै मन्त्रालय अन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सीआईबीलाई पत्राचार गरेको हो ।
त्यस्ता नेटवर्कले गैरकानूनी रुपमा देश तथा विदेशमा रहेका नेपालीहरुलाई ठगी गर्ने कार्य गरिरहेको विभागले उल्लेख गरेको छ ।
पत्रमा यो विषयमा हाल अध्ययन भइरहेको र थप छानबिनका लागि कम्पनीका जिम्मेवार व्यक्तिलाई पक्राउ गरी विभागमा उपस्थित गराइदिन सीआईबिलाई आग्रह गरिएको छ ।
विभागले उनीहरुको नाम र फोन नम्बरसहित सीआईबिलाई पत्राचार गरेको छ ।
विभागले पठाएको पत्रमा वान कोइन डिजिटल करेन्सीका गोविन्द श्रेष्ठ, अशोक न्यौपाने र रत्नकाजि श्रेष्ठ, एक्सेल टोकनका ज्ञानेन्द्र खड्का र कृष्णकुमार महर्जन, क्यास कोइनका विजय शाह र दिनेश शाह, पाईनेटवर्कमा आबद्ध परमानन्द श्रेष्ठलाई पक्राउ गरी विभागमा पेश गर्न आग्रह गरेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…