रंग लगाएर ब्रोइलर कुखुराको चल्लालाई लोकल बनाएर बिक्री गर्ने चार जना पक्राउ ।

फाईल फोटो

काठमाडौं ।  प्रहरीले ब्रोइलर कुखुराको चल्लालाई रङ लगाएर लोकल भन्दै बिक्री गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले मंगलवार कलंकीबाट चार जनालाई नियन्त्रणमा लिएको वृत्तका डीएसपी अपिल बोहोरले जानकारी दिए।

‘उनीहरुले सस्तोमा ब्रोइलर कुकुराको चल्ला ल्याउने अनि रंग लगाएर लोकल भन्दै महँगो मूल्य लिएर बिक्री गर्ने गरेको देखियो,’ डीएसपी बोहोराले भने।

प्रहरीले काठमाडौं जैसवाल पोल्ट्री सप्लायर्स संचालक प्रमेशिला देबी, वकिल खान,चन्द्रादेवी साह र गुन्जा भन्नेलाई नियन्त्रणमा लिएको हो। उनीहरुले विभिन्न स्थानबाट रंग लगाएर बेच्न राखेको कुखुराका चल्ला समेत बरामद गरेको छ। प्रहरीले रंग लगाएको ३ हजार ६ सय ५० वटा र नलगाएको २४ हजार ९ सय ५० वटा चल्लाहरु बरामद गरेको डीएसपी बोहोराले जानकारी दिए।

उनीहरुले चितवनको अबिनास मोडर्न ह्याचरीबाट कुखुराको चल्ला ल्याएर रंग लगाइ महँगो मूल्यमा बेच्ने गरेको उजुरी परेपछि पक्राउ गरिएको हो।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago