काठमाडौं , १३ असोज । सडकमा सवारी चाप बढेपछि काठमाडौं उपत्यकामा जोर–बिजोर प्रणालीमा कडाइ गरिएको छ। जोर–बिजोर प्रणालीलाई प्रभावकारी बनाउन जाँचमा कडाइ गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
उपत्यकाका तीनै जिल्लाकाका प्रमुख जिल्ला अधिकारीहरूले २५ भदौदेखि लागू हुने गरी उपत्यकाभित्र जोर–बिजोर प्रणालीअनुसार सवारी सञ्चालन गर्ने निर्णय गरेका थिए।
नियमानुसार जोर–बिजोर प्रणालीमा सञ्चालन नहुने सवारीलाई ‘होल्ड’मा राख्ने गरिएको छ। दिउँसोसम्म ८०० भन्दा धेरै सवारी साधन ट्राफिक कारबाहीमा परेका छन्। यसमा करीब ७०० मोटरसाइकल र स्कुटर रहेका छन्।
‘होल्ड’ गरिएको सवारीलाई साँझ ८ बजेमात्रै छाड्ने बताइएको छ। संक्रमणको जोखिम बढ्दै गएकाले जोर–बिजोर प्रणाली पूर्णरूपमा पालना गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ। पछिल्लो समय उपत्यकामा संक्रमितको संख्या बढ्दै गएपनि निषेधाज्ञा खुकुलो भएपछि भीडभाड बढिरहेको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…