कोरोना भाइरसको महामारीले जापानमा कर्मचारी भर्ती प्रक्रिया प्रभावित

टोकियो । कोरोना भाइरसको महामारीले जापानमा कर्मचारी भर्ती प्रक्रिया प्रभावित हुन थालेको छ । हालै भएको एक सर्वेक्षणले यस्तो देखाएको हो ।

सर्वेक्षण अनुसार सन् २०२० को जुनसम्ममा ३० प्रतिशत कम्पनीहरुले कसैलाई भर्ती गर्ने कि नगर्ने भनेर निर्णय नै गर्न सकेनन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा निकै धेरै हो ।

रोजगारी सम्बन्धी जानकारी प्रदायक कम्पनी माइनाभीले जुनमा गरेको सर्वेक्षणमा देशभरका २ हजार ८८६ कम्पनीहरुलाई सहभागी गराइएको थियो । यस क्रममा सहभागीहरुलाई सन् २०२१ र सन् २०२२ का लागि ग्र्याजुएटहरुलाई भर्ती गर्ने प्रक्रियाबारे सोधिएको थियो ।

यस क्रममा ३६ दशमलव ६ प्रतिशत कम्पनीहरुले आगामी वर्षको बसन्त ऋतुमा स्नातक गर्नेहरुलाई भर्ती गर्ने कि नगर्ने भनेर निर्णय नै नगरेको बताए । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९ दशमलव १ अंक धेरै हो ।

गत वर्ष भने यति बेला तिर कम्पनीहरु माझ ग्र्याजुएटहरुलाई भर्ती गर्ने प्रतिस्पर्धा नै चलेको माईनाभीले बताएको छ । यस पटक भने महामारीको मारका कारण कम्पनीहरुले केही निर्णय गर्न सकेका छैनन् ।

त्यस्तै गरी हजार भन्दा बढी कर्मचारी भएका ठूला कम्पनीहरुमध्ये भने १६ प्रतिशतले कर्मचारी भर्तीबारे निर्णय गर्न सकेका छैनन् । कम्पनी जति सानो भयो उति नै कर्मचारी नियुक्त गर्न गाह्रो भएको सर्वेक्षणमा पाइएको छ ।

क्षेत्रगत आधारमा भने ५२ दशमलव ९ प्रतिशत उच्च शून्य भर्ती दर सहित होक्काइदो अगाडि रहेको छ । अन्य क्षेत्रको तुलनामा यो निकै धेरै हो । यो दर उच्च हुने अन्य प्रिफेक्चरमा क्रमशः क्युशु, कान्तो र कान्साई छन् । क्युशुको भर्ती दर ४० दशमलव ९ प्रतिशत छ भने कान्तो र कान्साईको ३९ प्रतिशत ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago