काठमाडौं । मंगलबार सेप्टेम्बर २९, विश्व मुटु दिवस। विश्व मुटु महासंघको आह्वानमा विश्वभर मन लगाउँ, मुटु बचाउँ भन्ने नाराका साथ यो दिवस मनाइदैछ।
नेपालको कुल जनसंख्याको २५ प्रतिशत अर्थात् करिब ७५ लाख मुटुरोगी भएको नेपाल हृदयराग निवारण प्रतिष्ठानको अनुमान छ। प्रतिष्ठानका अनुसार करिब ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप, २० प्रतिशतलाई कोलेस्ट्रोल, १० प्रतिशतलाई मधुमेह र १ प्रतिशत बालबालिकालाई बाथ मुटुरोगको समस्या छ।
वर्षेनी एक हजार बालबालिका बाथ मुटु रोगका कारण हार्ट फेल भएर मृत्यु हुने गरेको प्रतिष्ठानले जनाएको छ। ९० प्रतिशत नेपालीले मुटु मैत्री खाना नखाने, ५० प्रतिशत शहरिया नेपालीले आवश्यक व्यायाम नगर्ने र ४० प्रतिशतले चुरोट, सुर्ति सेवन गर्ने गरेको प्रतिष्ठानले जनाएको छ।
मुटु रोगका कारण विश्वमा वर्षेनी १ करोड ८० लाख मानिसहरुको मृत्यु हुने गरेको छ। जसमध्ये विकासोन्मुख देशहरुमा मुटु रोगबाट मर्नेको संख्या ८० प्रतिशतभन्दा बढी छन्। सन् २०३० सम्ममा मुटु रोगबाट विश्वभर मर्नेहरुको संख्या वर्षेनी २ करोड ५० लाख पुग्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ। विकोसोन्मुख देशहरुमा हृदयघातका कारण मृत्यु हुनेको संख्या २५ प्रतिशतबाट ३५ प्रतिशतमा पुग्ने अनुमान छ।
अस्वस्थकर जीवनशैलीका कारण मुटु रोग बढ्दै गएको चिकित्सकहरु बताउँछन्। मुटु रोगीका लागि कोरोना भाइरस निकै जोखिमपूर्ण हुने भएकाले सावधानी अपनाउन प्रतिष्ठानको आग्रह छ।
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…
२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…
नेपाली सेनाले कर्फ्यू आदेश भोलि बिहान ६ बजेसम्म जारी रहने बताएको छ । आज एक…