पाल्पा । जिल्लाको माथागढी गाउँपालिकाले समुदादायस्तरमा काेराेना परिक्षणकाे लागि स्वाब संकलन गरेकाे छ । गाउँपालिकाले एक सय ४१ जनाको स्वाब संकलन गरेको छ ।
गाउँपालिकाले समुदायमा रहेर अग्र भागमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि,राजनितिक दलका प्रतिनिधि, बैंकका कर्मचारीहरु, व्यापारी, होटेल व्यवसायी, वैदेशिक रोजगारीबाट भर्खरै घरमा आई होमक्वारेन्टाइनमा बसेका र शिक्षकहरुको स्वाब संकलन गरेको हो
जिल्लामा संक्रमण समुदायस्तरमै पुगिसकेकाले परीक्षणको दायरालाई फराकिलो बनाउका लागि परीक्षणलाई तिव्रता दिइएको गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार थापा मगरले बताए । उनले परीक्षणले सम्पूर्ण समुदायको प्रतिनिधित्व गर्ने भएकाले नमूना परीक्षण कार्यक्रम अघि सारेको जानकारी दिए ।
दुईदिनसम्म लगाएर समुदायस्तरका व्यक्तिहरुको पिसिआर परीक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव जिसीले बताए । उनका अनुसार स्वाब संकलन गरी भदौ ११ गते भैरहवा प्रयोगशालामा पठाइएको छ ।
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…
झापा, फागुन २४ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी…