Categories: साहित्य

” जब कवि बौलाउछ “

जव कवि बौलाउछ
एक झिल्का शब्दहरुले

सल्काउछ सिङ्गो ब्रह्माण्ड
एक थोपा मसीले
निभाउँछ त्यो भयङकर डढेलो

एक अञ्जुली पानीमा
देख्दछ महासागर
त्यै महासागरमा
चलाउन सक्छ टाईटानिक जहाज
आफू क्याप्टेन बनेर
खचाखच भरेर लैजान्छ
जिजिविषाहरुलाई घुमाउन
एक अन्जुली महासागरमा
डुब्दछ उस्को जहाज

हरियाली भित्र देख्दछ मरुभूमि
मरुभूमी भित्र देख्द्छ सुन्दर
हरियाली
काँडामा कोमल फूल भेट्दछ
सुन्दर फूलमा काँडा भेट्दछ
ठ्ट्टा नसम्झ
जन्मको के कुरा
कसैको मृत्युमा हाँस्न सक्दछ

कहिले घामले डढेर राख बन्दछ
कहिले शितल जूनमा पाइला टेक्दछ
उ प्लूटो भन्दा पर पुग्छ
अणु भन्दा सानो बन्दछ
हराउँछ अनगिन्ती तारापून्जका
निहारिका भित्र
कहिले खोक्रो आकाशको
आनन्द पनि लिन्छ

पत्याउदैनौ ?
गार्हो छ पत्याउन पनि
कवि पनि एक जादुगर जस्तै हो
उस्को जादुलाई अनुभूति गर्न
उस्को जादुलाई देख्न
पढ्नु पर्छ
तर तिम्ले पढन छाडेको
धेरै भैसक्यो

आयाम कार्की

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago