काठमाडौं – एअर अरेबियाले पीसीआर रिपोर्ट नभएका यात्रु नेपाल ल्याएर दुःख दिएको गुनासो आएपछि पर्यटन मन्त्रालयले छानविन समिति गठन गरेको छ ।
भदौ ९ गते मंगलबार यूएईको सारजहाँबाट काठमाडौं आएको एअर अरेबियाको जहाजले ल्याएका एक सय ६१ नेपालीमध्ये १९ जनाको पीसीआर रिपोर्ट थिएन । पीसीआर रिपोर्ट नभएकैले उनीहरुले काठमाडौंमा क्वरेण्टीनको लागि निकै समस्या भोग्नुपरेको थियो ।
सरकारले विदेशबाट आउनेहरुको साथमा अनिवार्य पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्ने नियम बनाएको छ । त्यसो नभएमा सम्पूर्ण यात्रुको होटल क्वरेण्टीन खर्च सम्बन्धित एअरलाइन्सले नै बेहोर्नुपर्ने सरकारले जनाएको छ ।
यसको छानविन गर्न संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा संयोजक रहेको तीन सदस्यीय समिति गठन गरेको हो । शुक्रबार गठन भएको समितिले तीन दिनभित्रमा रिपोर्ट पेश गर्नेछ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…