युवा सजगता अभियानको संयाेजकमा अर्याल

सन्ताेष गहतराज,पाल्पा ।।

युवा सजगता अभियान पाल्पाकाे संयाेजकमा विद्यार्थी नेता कृष्ण अर्याल छनाेट भएका छन । नेपाल विद्यार्थी संघ तानसेन बहुमुखी क्यापसका इकाई सभापति तथा ने वि संघ पाल्पाका सह सचिव समेत रहेका कृष्ण अर्याल संयाेजकमा चयन भएका हुन ।

अभियानकाे विभिन्न जिल्लाहरूमा संयाेजकहरू चयन गर्ने क्रममा पाल्पा जिल्लाकाे संयाेजकमा विद्यार्थी नेता अर्याललाई प्रदान गरिएको हाे । देश भर अभियान संचालन गर्ने युवाहरूलाई व्यक्तित्व तथा नेतृत्व विकास सँगसँगै विभिन्न सीपमुलक तालिम सिकाउने,प्रशिक्षित गर्ने काम गर्दै अाएकाे संयाेक अर्यालले गाेर्खाली भ्वाइससँगकाे कुराकानीमा बताउनु भयाे । जिल्ला संयाेजककाे नेतृत्व पाएका अर्यालले छिटै जिल्लाहरूमा संगठन बिस्तार गर्ने बताए ।

उनले काेराेना समस्या हल हुने बित्तिकै युवाहरूलाई बैचारिक विकास,उधमशिलता तथा नेतृत्व अभिवृद्धिका कार्यक्रमहरू संचालन गर्ने बताएका छन । अर्याल ने वि संघकाे जिल्ला कमिटी हुँदै एक दिग्गज व्यक्तित्व पनि परिचित हुनुहुन्छ ।

कुटनैतिक क्षमता भएका अर्यालले राम्रो काम गर्ने जिल्लाका युवाहरूलाई एकताकाे सुत्रमा बाध्नकाे लागि कट्टी बद्व रहेने पनि नेता अर्यालकाे भनाइ छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago